पोखराको अमरसिंह चौरमा पुस २७ देखि शुरु भएको आठौ पोखरा महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न भएको छ । महोत्सव भब्य र सभ्य मात्र नभइ सोचे भन्दा राम्रो उपलब्धि हासिल गर्न सफल भएको आयोजक युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए । महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य माननिय रविन्द्र अधिकारीले चार नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो उद्देश्य संग युनाइटेड क्लवको सामाजिक क्रियाकलाप मिल्दोजुल्दो भएको वताउदैे क्लवको हरेक क्रियाकलापमा आफ्नो संधै साथ रहने वताए । क्लवको काम आफुले पहिलेदेखि नियाल्दै आइरहेको सन्दर्भमा आठौ संस्करणको भब्य र सभ्य महोत्सवको समापन समारोहमा सहभागी हुन पाउदा निकै खुसी लागेको समेत अधिकारीले वताए ।
त्यस्तै महोत्सवका सह–प्रायोजक हिम श्री फुड्सकाका डाइरेक्टर प्रकाश केसीले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम गरेर आफुलाई अन्य क्लवहरु भन्दा भिन्न पहिचान बनाउन सफल भएकाले आफुहरुले सहकार्य गरेको र आफुहरुको सहकार्य आगामी दिनमा पनि निरन्तरता रहने प्रतिवद्धता ब्यक्त गरे । क्लवका संस्थापक अध्यक्ष तथा पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक हिमालय बख्रेलले युनाइटेड क्लवले स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन संगै पोखरामा चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको सन्दर्भमा विगत चार वर्षदेखि पोखरा लेखनाथमा चिडियाखाना निर्माणको काम भइरहेको र हाल उक्त स्थानमा बन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भइसकेको वताउदै महोत्सवमा आउने दर्शकको साथले नै युनाइटेड क्लव सफल भएको वताए । समापन कार्यक्रमको सञ्चालन युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठले गरेका थिएभने कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
यसैविच महोत्सवमा नेपालमानै पहिलोपटक आयोजना गरेको प्रदेश स्तरिय लोकदोहोरी गीत प्रतियोगितामा लोकदोहोरी प्रतिस्ठान स्याङजाले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी लोकदोहोरी प्रष्ठिान दोश्रो, लोकदोरी प्रतिष्ठान तेश्रो र जीवन सिग्देलको समुह बाग्लुङले शान्तवना स्थान हासिल गर्न सफल भयो । लोकदोहोरी गीत प्रतियोगितामा नारायण भट्टराइको समुह उत्कृष्ट स्थान हासिल गर्न सफल भयो । लोकदोरी गीत प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्तवना स्थान हासिल गर्नेले क्रमश ३०, २०, १२ र ८ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरे । प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगितामा प्रथम पुरस्कार रेन्वो एकेडेमी, द्धितिय पुरस्कार विन्दबासिनी दोहोरी सांझ, तृतिय पुरस्कार सुनगाभा दोहोरी सांझ र शान्तवना पुरस्कार साताताल दोहोरी सांझ र उत्कृष्ट पुरस्कारको प्रायोजक होटल पानोरोमा धम्पुसले प्रायोजन रहेको कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सव अवधिभर दुई लाख २८ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेभने ११ करोड ७५ लाखको कारोबार भएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिती संयोजक संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा यसपटक हात्ती अवलोकन र हात्ती सवार गर्नेको भीड लाग्यो महोत्सव अवधिभर २० हजार दर्शकले हात्ती सवार गरी महोत्सवको अवलोकन गरेको पर्यटन प्रवद्र्धन उपसमिती संयोजक भुवन ढकालले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, शिवहरी ढुंगाना, तारापति सुवेदी, शरला पाण्डे, घनश्याम पाण्डे, प्रेमराज अधिकारी, लक्ष्मी नेपाली, तारा गोदाल, ओम गुरुङ, सृजु अधिकारी, शंकर विरही गुरुङ लगायतको प्रस्तुतीले महोत्सवमा सहभागी दर्शकहरुलाई भरपुर मनोरन्ज प्रदान गरे । महोत्सवको अन्तिम दिन गायनको माध्यामबाट चर्चित गायिका मेलिना राइको प्रस्तुतीले युवाहरुलाई भरपुर मनोरन्जन प्रदान गरिन ।
Leave a Reply