रिजनल अस्पताल जिरो किलोमिटर पोखराको सहयोगमा मंगलबार संस्कृत माध्यमिक विद्यालय पोखरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्कृत माध्यमिक विद्यालयका शिक्षक कलादेवी बराल र रिजनल अस्पतालका व्यवस्थापन समिति सदस्य चन्द्रकान्त पौडेलको समन्वयमा संस्कृत माध्यमिक विद्यालयका कमजोर आर्थिक अवस्था भएका विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गरी आयोजित दन्त, नाक, कान तथा घाटी परीक्षण सम्बन्धी शिविरमा कुल १९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविरमा रिजनल अस्पतालका डाक्टरहरु दन्त चिकित्सक कुशुम लामिछाने, नाक, कान, घाटी विशेषज्ञ आकाशमणि भण्डारी, रिजनल अस्पतालका व्यवस्थापक अर्जुन शर्मा, स्टाफ नर्सहरु सम्झना राना, निता भण्डारी, एलिसा गुरुङ्ग तथा कर्मचारी दिपेन्द्र कोइरालाको टोलीले सघाएका थिए । स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भमा विद्यालयका सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले स्वागत, माध्यमिक शिक्षक कलादेवी बरालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश तथा प्रधानाध्यापक कृष्ण प्रसाद देवकोटाले धन्यवाद ज्ञापन गरेका थिए । कास्कीकै पुरानो छुट्टै विशेषता बोकेको विद्यालय हुँदाहुँदै पनि यहाँ अध्ययन गर्ने न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरु आधारभूत स्वास्थ्य परीक्षणबाट समेत बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको कुरा रिजनल अस्पताल व्यवस्थापन समितिका सदस्य चन्द्रकान्त पौडेल तथा व्यवस्थापक अर्जुन शर्माले बताए ।
प्रेषक
श्रीकान्त सापकोटा
शिक्षक, संस्कृत माध्यमिक विद्यालय
सम्पर्कः ९८४६११२२५५
Leave a Reply