श्री भुमे आधारभुत विद्यालयको स्वर्णमहोत्सव समारोह सम्पन्न ः

अन्नपुर्ण गाँउपालिका वडा नं. ९ सुदामे कास्की स्थित श्री भुमे आधारभुत विद्यालयको स्वर्णमहोत्सव समारोह सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका निर्देशक विष्णु प्रसाद अधिकारीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिको प्रशंसा गर्दै शिक्षामा आधुनिकिकरण र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । व्यावहारिक शिक्षा अहिलेको आवाश्यता भएको उलेख गर्दै उहाँले सिकाईलाई उपलब्धिमुलक बनाउन सुझाव दिनुभयो ।

उक्त अवसरमा बोल्दै जग्गादाताहरु दुर्गा बहादुर काम्चे कोने तमु, मान बहादुर काम्चे कोने तमु, चन्द्र बहादुर काम्चे कोने तमु, मेजर हितमान गुरुङ् तथा समाजसेवि धिर बहादुर गुरुङ। भुपु श्रोत व्यक्ति मोहदत्त पोखरेल, श्रोत व्यक्ति नेत्र बहादुर आले, वडा सचिव राजन तिमिल्सीना लगायतले विद्यालयको शैक्षिक विकास र उन्नयनमा समुदायको चासो बढ्नुपर्नेमा जोड दिएका थिए ।समाजसेवि धिर बहादुर गुरुङद्धारा स्थापित वार्षीक आजिवन रु.१० हजार र युवा समाजसेवि विरवल कुमाईद्धारा स्थापित वार्षीक रु.७ हजार बराबरको छात्रवृति तथा स्टेशनरी वितरण गर्नुभएको थियो । समारोहमा जग्गादाता, सहयोगदाता, भुपुशिक्षक, विभिन्न संघसंस्थामा प्रतिनिधि तथा भुपु वि.व्य.स र शि.अ.सका पदाधिकारीहरु लगायतलाई सम्मान गरिएको थियो । साथै उक्त अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हाषिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
समारोहको अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा विभिन्न मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रहरु समेत प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घप्रसाद शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका प्रध्यानाध्यापक तेज प्रसाद शर्माले गर्नुभएको थियो ।वि.स.२०२४ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा ७ सम्म करिब १ सय जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।