शिरफुल आजबाट

0Shares

पोखरा, कार्तिक

0v4b1983-2

img_0108-2

छठ पर्वको अवसर पारेर हिजो मण्डला थ्रियटरमा एक समारोह राखि शिरफुलको बारेमा जानकारी गराइएको थियो । ७५ लाख रुपँैया अनुमानित बजेटमा निर्माण गर्न लागिएको शिरफुलको छायांकन ३५ दिनमा सक्ने लक्ष्य रहेको छ । चलचित्रको छाँयांकन काठमाण्डौ, तनहुँ साथै सोलुखुम्बुको विभिन्न स्थानमा गरिने जानकारी दिइएको छ ।

img_0095-2
चलचित्र शिरफुल पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियसनको पहिलो प्रस्तुति हो ।
जसको निर्माता आर्शिवाद पुन मगर हुन् भने शिरफुलमा देवराज आले मगरको कथालाई राज थापा र राजु योगिनले पटकथा÷संवादमा ढालेका छन् । युवा निर्देशक कमल एक्चै मगरले निर्देशन गर्ने यस चलचित्रको विषयवस्तु अनुसार अधिकांश कलाकार नयाँ अनुहारलाई चयन गरिएको छ । पर्दामा नयाँ भएपनि कलाकारहरु रंगमञ्च थ्रियटरमा भने अनुभव संगालिसकेका छन् । रुपा राना मगर, विनिता मगर, राज थापा, देव आले मगर, निता पुन मगर, पुजा गदल, नमिता तामाङ्, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगर आदि कलाकारहरुको अभिनय रहने चलचित्रमा हरि लम्सालको संगीत, श्री खड्काको द्वन्द्व, डिपी खनाल र सन्दिप थापाको गीत रहने छ भने निर्माण नियन्त्रकमा सिद्धान्त एस पौडेल रहेका छन् । यसको छाँयाङ्कन भने निरज श्रेष्ठले गर्दै छन् ।

img_0105-2

बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु, विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण शिरफुलमा गरिने भएको छ । नारीप्रधान कथावस्तु भएको चलचित्रले गाउँदेखि शहरसम्मको विषयवस्तुलाई र युवापुस्तालाई पनि प्रतिविम्वित गर्दै विश्व मान्यता अनुसार मनोरञ्जन पनि प्रदान गर्ने टिपीकल नेपाली चलचित्रको निर्माण हुन लागेको जानकारी निर्माण स्रोतले दिएको छ ।
0v4b1991-2

Leave a Reply

Your email address will not be published. Required fields are marked *