शरद ऋतुमा मनसुन साँझ

पोखराप्लस संवादाता
पोखरा, पुस

पुस्तकसँगै गीतमा रम्न चाहनेको बाक्लो उपस्थिति शुक्रबार लेकसाइडमा देखियो । फ्रिक रिर्डस क्लबले आयोजना गरेको ‘मनसुन सांगीतिक साँझ’ मा पुस्तक रुचाउने र संगीतमा झुम्नेहरु उत्साहपूर्वक रमाइरहेका थिए । शरद ऋतुको चिसो मौसममा आयोजित उक्त साँझले माहोल तताएको थियो ।
लेकसाइडको स्नोल्यान्डमा आयोजित सांगीतिक साँझमा मनुसनका लेखक सुविन भट्टराईलाई प्रत्यक्ष पाठकसँग साक्षात्कारमा उभ्याइएको थियो । उनले प्रेमको कथा लेख्नको लागि प्रेममै पर्नपर्छ भन्ने नभएको बताए । ‘कतिपय कथाहरु बुझेर पनि लेख्ने गरिन्छ,’ उनले भने, ‘मेरो उपन्यासमा राखिएका ठाउँमा म आफै गएको छैन । कुनै प्रसंग सुनेको आधारमा पनि लेख्नुपर्छ ।’

 

¥यान्डम रिडर्सका अध्यक्ष उपेन्द्र पौडेलले सुविनलाई रोमान्टिक प्रश्नहरु सोधेका थिए । फ्रिक रिर्डसका अध्यक्ष अर्जुन गिरीले युवाहरुले रुचाउने पुस्तकलाई यसरी नै सांगीतिक माहोलमा चर्चा गरिएको बताए । उनले पोखरेली पाठकको बाक्लो उपस्थितिले हौसला मिलेको भन्दै थप संगीतमय साहित्यिक कार्यक्रम गर्ने बताए ।
कार्यक्रममा बसन एन्ड क्रु ब्यान्डका विभिन्न मेलोडियस प्रस्तुतिमा दर्शकहरु नाचेर साथ दिएका थिए । कार्यक्रम साँझ ६ बजेदेखि १० बजेसम्म चलेको थियो । पोखरा र सेरोफेरोका झन्डै ५ सय संगीतप्रेमी साहित्यिक पाठकको सहभागिता कार्यक्रममा थियो । कार्यक्रम सफल बनाउन लेभल नेक्स्टले सर्पोट गरेको थियो ।