शनिबार पोखरा सभागृहमा ‘वृहतहाँस्यव्यंगकार्यक्रम’

0Shares

लायन्स क्लबअफपोखरा पिस सोसाइटीको आयोजनामापोखरामाविशेष हाँस्यव्यंगकार्यक्रमगर्ने भएको छ । आगामीफागुन २१ गते शनिबार पोखरा सभागृहमा यो कार्यक्रमहुने क्लबले जनाएको छ । दिउँसो ३ बजेबाट हुने यो कार्यक्रममादर्शकले मनोरञ्जन र हाँसोको प्याकेज पाउने आयोजकले बताएको छ ।

पोखरा र आसपासका क्षेत्रमा सामाजिककार्य गर्नकालागिकोष स्थापनागर्ने उद्देश्यसहितक्लबले यो कार्यक्रमगर्न लागेको क्लबकाअध्यक्षहोमविलाश सापकोटाले जानकारी दिए । ‘विशुद्ध सामाजिककार्यकालागिहामीले गरेको एउटा प्रयास हो यो ।’ सापकोटाले भने–‘त्यसैले कार्यक्रममादर्शकको साथ राम्रो पाउने हाम्रो अपेक्षा छ ।’

कार्यक्रममामनोज गजुरेल, सन्दिप क्षेत्री, सुरेन्द्र केसी ‘मुलासाग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, जादुगर महादेव त्रिपाठी, गायिकाप्रितिआले लगाएतकाकलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रमको उद्घोषण दिनेश डिसीले गर्दैछन् ।

सेवाभावसहितखोलिएको लायन्स क्लबअफपोखरा पिस सोसाइटीले यस अगाडि पनिथुप्रै सामाजिककार्यहरु गर्दै आएको छ । विभिन्न स्थानमा स्वास्थ्यशिविर राखेर क्लबले धेरै विरामीहरुलाई पनि सेवादिईसकेको छ । र, आगामीदिनमापनि यस्तै सेवामुलककार्यहरु गर्दै जाने क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *