वुमेन्स बिकिनी च्याम्पियनसिपको उपाधि सुजितालाई

वुमेन्स बिकिनी च्याम्पियनसिपको उपाधि सुजितालाई
0Shares

पोखरामा भएको पहिलो संस्करणको वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ अन्र्तगत फिजिक च्याम्पियनसिपको उपाधि सुजिता मानन्धरले जितेकी छन् ।

४ प्रतिष्पधीलाई पराजित गर्दै उपाधि जितेकी मानन्धरले मेडल, ट्रफी, प्रमाणपत्र सहित दुई लाख रुपैंयाँ पुरस्कार पाइन् । काठमाण्डौं केज टोटल फिटनेककी रोजी लामा फस्ट रनर अप भइन् । लामाले ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख ५ हजार रुपैंयाँ पुरस्कार हात पारिन् ।

सेकेन्ड रनर फिटनेस स्टपकी सनम मुलगुठी भइन् । लउनले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ८० हजार रुपैंयाँ जितिन् । प्रतियोगितामा थड रनरअप पावर जिम पोखराकी कमला थापा र फोर्थ रनर अप वेभ फिजिकल फिट्नेस भक्तपुरकी जस्मिन लामा भइन् ।

पोखरा सभागृह हलमा भएको अन्तिम प्रतिष्पर्धा अन्र्तगत विकिनि च्याम्पियनसिपतर्फ रुपा केसीले बाजी मारिन् । केसीले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ८० हजार रुपैंयाँ पुरस्कार जितिन् । फस्ट रनरअप सपना गुरुङ भइन् । उनले मेडल, ट्रफी, प्रमाणपत्र सहित ६० हजार रुपैंयाँ पुरस्कार पाइन् । सेकेन्ड रनर अप बनेकी याङदोङ लामालाई मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार पुरस्कार दिइयो ।

यो विधामा थर्ड रनर अप अञ्जली थापा र फोर्थ रनर अप श्रुती कार्की भए । बिकिनी तर्फ ५ र फिजिक तर्फ ५ जनाबिच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको मुख्य निर्णायक गोबिन्द्र चित्रकार र सहायक निर्णायक निर्मला महर्जन, नारायण प्रधान, नानीकाजी डंगोल, शिब ध्वज राई, केशव शाक्य र उत्तम उदास थिए ।

प्रतियोगितमा सेप अप जुम्बा फिटनेसको तर्फबाट जुम्बा नृत्य र आई.एफ.बी.बी प्रोकार्ड बिजेता विनिता राईको प्रस्तुती रहेको थियो । प्रतियोगिता हरेक दुई– दुइ वर्षमा सञ्चालन गरिने गोर्खाज क्लासिकका अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *