पोखरा– पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा विश्वशंकर पालिखे निर्वाचित भएका छन् । पाँच प्रत्यासीलाई पन्छाउदै उनले पोखराकै जेठो संस्थाको नेतृत्व लिने मौका पाएका हुन् ।
पालिखेले ९५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी देव क्षेत्रीलेक्षेत्रीले ८०० मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अन्य प्रत्यासीहरु नारायण कोईरालाले ४११ , हिरा भट्टराईले १६३, ईश्वर कर्माचार्यले १२३ र धनिराम बरालले ४४ मत पाए ।
निर्वाचनपछिसंघको पदाधिकारीमा पालिखे प्यानलको बर्चश्व छ । बरिष्ठ उपाध्यक्षमा रविन्द्र बहादुर प्रजु निर्वाचित भए । उनले निकटतम प्रतिद्धन्दी मिनराज काफ्लेलाई ४१४ मत हन्तरले हराए । प्रजुले कुल १४५४ मत ल्याए भने काफ्लेले १०४० मत प्राप्त गरे ।
उद्योग तर्फको उपाध्यक्षमा पालिखे प्यानलकै गोकर्ण कार्की निर्वाचित भए । उनले निकटतम प्रतिद्धन्दी सीता गुरुङलाई १ मतले हराए । कार्कीले १२४१ म्त प्राप्त गर्दा गुरुङले १२४० मत पाइन् ।
बाणिज्य तर्फको उपाध्यक्षमा भने दुबै प्यानलकालाई हराउदै स्वतन्त्र उमेदवार विन्दु कोईराला ९६२ मत सहित निर्वाचित भइन् । सोहि पदको लागि पालिखे प्यानलबाट प्रतिश्पर्धामा रहेका केदारनाथ भट्टराईले ८२८ र क्षेत्री प्यानलका सुरेश अधिकारीले ६९० मत प्राप्त गरे ।
संघको महासचिवमा पालिखे प्यानलबाट प्रतिश्पर्धामा उत्रिएका दामु अधिकारीले जित हात पारे । उनले प्रतिद्धन्दी लक्ष्मी पाण्डेलाई ३३३ मतले हराए । अधिकारी कुल १४१२ मत प्राप्त गरी निर्वाचित भएका हुन् भने १०७९ मत प्राप्त गरेकी पाण्डे पराजित भइन् ।
कोषाध्यक्षमा पालिखे प्यानलकै प्रतिश्पर्धी पवन कुमार प्रजापति निर्वाचित भए । उनले प्रत्यासी जनकराज पराजुलीलाई ५४३ मतले हराए । प्रजापती १५१८ मत सहित निर्वाचित भएका हुन् । पराजुलीले ९७५ मत प्राप्त गरेका थिए ।
संघको उपमहासचिवमा क्षेत्री प्यानलका अर्जुन पोखरेल निर्वाचित भए । पोखरेल १०९८ मत सहित निर्वाचित हुदा प्रत्यासीहरु धर्मराज अर्यालले ३९४ र नविन बरालले ९९१ मत प्राप्त गरे ।
संघको खुल्ला १० सदस्यमा पालिखे प्यानलबाट ८ र क्षेत्री प्यानलबाट २ जना निर्वाचित भए । पालिखे प्यानलका अनिल सिग्देलले सर्वाधिक १५६९ मत प्राप्त गरे । यस्तै सीता बराल ९१५१४०, सुरेन्द्रमान बिजुक्छे ९१३७०० , यदुनाथ अधिकारी ९१३५६०, किसान सुनार ९१३४००, चिनु गुरुङ ९१३३५०, देव कृष्ण काफ्ले ९१२९२०, प्रेम बहादुर भूजेल ९११६५०, गोमा ढकाल ९११४४० र गीता तिवारी गौतम ९१११९० मत सहित निर्वाचित भए। उनीहरु मध्ये गुरुङ र ढकाल मात्रै क्षेत्री प्यानलका हुन् ।
बस्तुगत सदस्य तर्फ डिवी भूजेज ९१५०, यमनाथ पौडेल ९१३०, नारायण प्रसाद पौडेल ९१३० र गिरीधारी अधिकारी ९१२० मत सहित विजयी भए ।
कर्पोरेट तर्फको दुई सदस्यमा नरेन्द्र वास्तोला र कमल वहादुर बस्नेत निर्वारोध भएका हुन् भने उद्योग तर्फको एक सदस्यको लागि मोहन बाबु खड्का निर्विरोध भएका थिए ।
नयाँ कार्यसमितिको आईतवार बसेको बैंठकले तीन सदस्य मनोनित गरेको छ । बैठकले प्रकाशदेव पालिखे, चन्द्र किसोर गौतम र हिरामणी पण्डितलाई मनोनित गरेको छ। अध्यक्षमा निर्वाचित पालिखेलाई निर्वाचन समितिका संयोजक दिपक श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए भने अन्यलाई नवनिर्वाचित अध्यक्ष पालिखेले सपथ गराएका थिए ।
निर्वाचित भएपछि बोल्दै पालिखेले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । संघको संसोधित विधान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव, १० खुल्ला सदस्य, बस्तुगत तर्फका ४ सदस्य, कर्पोरेट तर्फ दुई र औद्योगिकत र्फ एक सदस्य, मनोनित ४ सदस्य तथा निवर्तमान अध्यक्ष सहित २९ सदस्यीय कार्यसमिति रहनेछ । एक सदस्य पछि मनोनित गरिने अध्यक्ष पालिखेले जानकारी दिए ।
अध्यक्ष
१, ईश्वर कर्माचार्य १२३
२, देव क्षेत्री ८००
३, धनिराम वराल ४४
४, नारायण कोईराला ४११
५, विश्वशंकर पालिखे ९५५ (विजयी)
६, हिरा भट्टराई १६३
बरिष्ठ उपाध्यक्ष
१, मिनराज काफ्ले १०४०
२, रविन्द्र वहादुर प्रजु १४५४ (विजयी)
उपाध्यक्ष ९उद्योग ०
१, गोकर्ण कार्की १२४१(विजयी)
२, सीता गुरुङ १२४०
उपाध्यक्ष ९बाणिज्य ०
१, केदारनाथ भट्टराई ८२८
२, विन्दु कोईराला सुवेदी ९६२९(विजयी)
३, सुरेश अधिकारी ६९०
महासचिव
१, दामु अधिकारी १४१२ ९विजयी०
२, लक्ष्मी पाण्डे १०७९
कोषाध्यक्ष
१, जनकराज पराजुली ९७५
२, पवन कुमार प्रजापती १५१८ (विजयी)
उप महासचिव
१, अर्जुन पोखरेल १०९८ ९विजयी०
२, धर्मराज अर्याल ३९४
३, नविन बराल ९९१
खुल्ला सदस्य पद
१, अनिल सिग्देल १५६९(विजयी)
२, अर्जुन खनाल ८५६
३, किसान सुनार १३४० (विजयी)
४, कुमारी मुना वास्तोला ११०५
५, कृष्ण रानाभाट ५११
६, गीता तिवारी १११९ (विजयी)
७, गिरधारी शर्मा १०२६
८, गोमा ढकाल ११४४ (विजयी)
९, चीनु गुरुङ १३३५(विजयी)
१०, देव कृष्ण काफ्ले १२९२(विजयी)
११, नवराज त्रिपाठी ८६६
१२, पवित्रा देवि गुरुङ १०१८
१३, प्रेम प्रसाद पौडेल १०१३
१४, प्रेम वहादुर भूजेल ११६५ (विजयी)
१५, बलराम आचार्य ९८४
१६, महेश्वर पोखरेल ६८९
१७, यदुनाथ अधिकारी १३५६ (विजयी)
१८ सीता बराल १५१४ (विजयी)
१९, सुरेन्द्रमान बिजुक्छे १३७० (विजयी)
२०, हरिराज पन्त ८८९
२१ हिमालय बख्रेल ८८०
४ बस्तुगत सदस्य
१, नारायण प्रसाद पौडेल १३ (विजयी)
२, गिरीधारी अधिकारी १२(विजयी)
३, डिवी भूजेल १५ (विजयी)
४, यामनाथ पौडेल १३(विजयी)
५, तारानाथ ढुङ्गाना १०
६, केपी शर्मा ८
७, यमनाथ तिमल्सिना १०
८, माधव प्रसाद पौडेल ११
कर्पोरेट सदस्य (निर्वारोध)
१, नरेन्द्र वास्तोला
२, कमल वहादुर बस्नेत
औद्योगिक सदस्य (निर्वारोध)
१, मोहन बाबु खड्का
मनोनित सदस्य
१, प्रकाशद्व पालिखे
२, चन्द्र किसोर गौतम
३, हिरामणी पण्डित
Leave a Reply