‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर
0Shares


गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताएका छन् । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा विहीबार आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको पनि कुनै अर्थ नहुने विचार राखे ।

उनले विधिलाई पनि धर्मले डोहो¥याउने भएकाले धार्मिक सहिष्णुता विना शान्ति असम्भव भएको सुनाए । ‘विधिलाई टेकेर शासन गर्नुपर्छ । जहाँ धर्मलाई टाढा राखिन्छ, धर्मलाई अपमान गरिन्छ त्यहाँ शान्ति, समृद्धी र सुसासनको कल्पना गर्न सकिँदैन ।’ उनले भने । गेरुवा बस्त्र लगाउदैमा धर्म नुहने भएकाले पछिल्लो समय धर्मभित्र अधर्मको प्रवेश गर्ने क्रम बढेकाले त्यस्ता अधर्मीमाथि सचेत हुन आग्रह समेत गरे ।

राजयोगिनी दिदी प्रणिताको अध्यक्षतामा सम्पन्नकार्यक्रममा सासद विन्दुकुमार थापा, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवं रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, ब्रम्हकुमार शैलेश लगायतका वक्ताहरुले रक्षा बन्धन र शान्तिका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *