वडा प्रहरी कार्यलय वगरमा नयाँ व्यारेक निर्माण

Today Pokhara
0Shares

पोखराप्लस संबादाता

पोखरा, असोज।

bagar_dir2वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र नयाँ व्यारेक निर्माण भएको छ। वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समिति–२०७३ ले वडा प्रहरी कार्यालय बगर भित्र प्रहरी व्यारेक तथा मेश निर्मण गरेको थियो। स्थानिय स्तरबाट सहयोग जुटाएर मेस तथा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए। निर्माण कार्य स्थानिय वासी र संघ संस्थाको सहयोगमा सम्पन्न भएको हो श्रेष्ठले भने–निर्माण कार्यक्रममा सहयोग गर्ने सवैलाई म धन्यवाद र आभर प्रकट गर्न चाहान्छु।

भवन तथा मेस निर्माण गर्नका लागि नगद नौ लाख ४२ हजार सात सय ६८ र वाकी जन सहभागिता सहित गरेर १३ लाख ३४ हजार आठ सय ४८ रुपैया खर्च लागेको निर्माण समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए।
नवनिर्मित मेस तथा भवनको आईतबार एक कार्यक्रमका विच पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह वमले उद्घाटन गरे।
कार्यक्रममा बाल्दै प्रमुख अतिथि पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह वमले प्रहरी र नगारिक विचको नविनतम सम्वन्ध रहेको यो कार्यले देखाएको बताए।

यो वडा कार्यालय परिषरमा वनेको भवनले नागरिक र प्रहरी वीचको सम्वन्ध सुमधुर भएको देखाएको छ उनले भने–प्रहरी सग हातेमालो गर्ने यहाँको निर्माण समितिलाई हाम्रो संगठनबाट वधाई दिन चाहान्छु।
शसस्त्र द्धन्द्धका क्रममा करिव आठ सय प्रहरी चौकी भत्किएको बताउदै उनले ती भत्किएका संरचनाको पुननिर्माण गर्न संगठन तिव्र गतिमा लागि परेको उल्लेख गरे।
कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्रकुमार पोखे्रलले भवन निर्माणले यहाँका प्रहरीलाई काम गर्न अझै मनोवल वढ्ने बताए। डिउटीमा थकित भएका प्रहरी कर्मचारी राती ढुक्क सग सुत्न पाएन भने भोली पल्टको डिउटी राम्रो हुदैन उनले भने– यहाँ व्यारेक निर्माण गरेर प्रहरी कर्मचारीको मनोवल बनाउने काम गर्नुभएको छ तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले यो वडा नमुना वडाको रुपमा रहेको बताए। प्रहरी र नागरिक वीचको सम्वन्ध कस्तो हुनु पर्दछ भन्ने यस वडाबाट अरुले पाठ सिक्न पर्ने उनको भनाई थियो।
कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादर श्रेष्ठले प्रहरी र नागरिक वीचको सहकार्यबाट मात्रै शान्ति सुरक्षा कायम हुने बताए।

कार्यक्रममा भवन निर्माणमा दिन रात खटिएको भन्दै वडा प्रहरी कार्यालय वगर निर्माण तथा मर्मत संभार समितिका कोषाध्यक्ष चित्रबहादुर थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो।
त्यसैगरि कार्यक्रममा भवन निर्माण कार्यमा उल्लेखनिय सहयोग गरेको भन्दै प्रहरी कर्मचारीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो।
यसरी सम्मनितहुनेहरुमा प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदी, प्रहरी हवल्दार शंकरबावु वस्नेत, प्रहरी हवल्दार गोपाल भुजेल, प्रहरी जवान सागर प्रजा रहेका छन्।

कार्यक्रममा भवन निर्माण सहयोग गर्ने सहयोगि संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो।
वडा प्रहरी कार्यालय बगर निर्माण तथा मर्मत संभार समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष तथा समितिकी सल्लाहकार जीवन अधिकारीले स्वागत र वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक तथा निर्माण समितिका सदस्य सचिव मोहनबहादुर खाँणले कार्यक्रम सञ्चालन गरेका थिए