लोटस फाउण्डेशन जर्मनीलेकुवेरा छात्रवृत्ति प्रदान

Today Pokhara
0Shares

लोटस फाउण्डेशन जर्मनीले कुवेरा छात्रवृत्ति अन्तर्गत कास्कीका दुई विद्यालयका विद्यार्थीहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । कास्कीका दुई विद्यालयहरु हिमालयन आधारभूत विद्यालय लप्सीटाकुरा पुरञ्चौर र वाराही आधारभूत विद्यालय खाँदरजुङमा अध्ययनरत विद्यार्थीहरु सो सहयोगबाट लाभान्वित हुनेछन् । छात्रवृत्ति अन्र्तगत ती विद्यालयमा अध्ययनरत ३०÷३० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक वर्ष २०७४को वैशाखदेखि ३ महिनाको लागि दिउसोको खाजाका लागि नगद रकम प्रदान गरिएको हो ।
विद्यार्थीहरुको पोशाकका लागि १६ हजार चारसय २५ र खाजा खर्चका लागि एक लाख आठ हजार गरि जम्मा एकलाख २४ हजार चार सय २४ नगद रकम प्रदान गरिएको हो । पोखराको कुमुदिनी होम्स् माविमा आयोजित एक कार्यक्रमका वीच चेक रकम हस्तान्तरण गरिएको छ । हिमालयनका प्रधानाध्यापक माधव गौतम र वाराहीका प्रधानाध्यापक राम आचार्यलाई चेक हस्तान्तरण गरिएको हो । यस अघि हिमालयन आधारभूत विद्यालयमा जाने पुल बाढीले भत्काए पछि सोही फाउण्डेशनले पुर्ननिमार्णका लागि दुई लाख ३१ हजार रकम सहयोग गरेको थियो । पुल मर्मत भए पछि विद्यार्थीहरुले आवतजावत गर्न सहजता मिलेको छ । यसैगरि उक्त दुई विद्यालयहरुलाई सोही फाउण्डेशनका तर्फबाट खेलकुद सामग्री समेत प्रदान गरिने जनाइएको छ । हिमालयनको कक्षा तीनमा उत्कृष्ट भएका विद्यार्थी प्रदीप पौडेललाई कुमुदिनी होम्स्मा छात्रवृत्ति प्रदान गरिएको छ । कुवेरा छात्रवृत्ति अन्र्तगत पौडेलले दश कक्षासम्म आवासीय सुविधा सहित अध्ययन गर्नेछन् । छात्रवृत्ति अन्र्तगत वार्षिक करिव दूई लाख रुपैया लाग्ने जानकारी कुवेरा छात्रवृत्तिको कास्कीमा समन्वय गरिरहेका कुमुदिनी होम्स्का अध्यक्ष अशोक पालिखेले बताएका छन् । यसका अलावा कुमुदिनीमा अध्ययनरत कक्षा एकदेखि १० सम्मका विद्यार्थीहरुबाट सिसाकलम, कटर, इरेजर र नोटवुक संकलन गरि उक्त दुवै विद्यालयका विद्यार्थी लगायत भलामस्थित आधारभूत विद्यालयमा समेत सहयोग गरिने पालिखेले जानकारी दिएका छन् ।