लिटिल वड्र्स मन्टेश्वरी प्रि–स्कूलको देउसीभैलो कार्यक्रम सम्पन्न

Today Pokhara
0Shares

पोखराप्लस संवादाता

पोखरा कार्तिक ।14910379_1217909811580904_887439852608040809_n

सुन्दर नगरी पोखराको माछापुच्छ्रे टोलमा रहेको लिटिल वड्र्स मन्टेश्वरी प्रि–स्कूलले शुभ दिपावलीको पावन अवसरमा विहीवार र शुक्रबार गरी दुई दिनसम्म देउसीभैलो खेलेर सम्पन्न गरेको छ ।
अनाथ असाय बालबालिकालाई सहयोग गर्ने उद्देश्यले यस वर्षदेखि लिटिल वड्र्स मन्टेश्वरी प्रि–स्कूलले आयोजना गरेको देउसीभैलो कार्यक्रममा सोहि मन्टेश्वरीमा अध्ययनरत स–साना बालबालिकाले नृत्य समेत प्रस्तूत गरेका थिए ।
तिहारको अवसरमा देउसी भैलोबाट संकलन भएको रकम तिहारपछि एक कार्यक्रमको आयोजना गरी अनाथ असाय बालबालिकालाई सहयोग गरिने लिटिल वड्र्स मन्टेश्वरी प्रि–स्कूलका प्रवन्ध निर्देशक सुरेश छेत्रीले जानकारी दिए ।