लायन्स नाइटको तयारी तिव्र

टुडे पोखरा संवाददाता
0Shares

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले बिजया दशमीको अवसरमा आयोजना गर्न लागेको तेस्रोे संस्करणको लायन्स नाईटको तयारी तिव्र बनाएको छ । कार्यक्रमका बारेमा क्लबले लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका लायन्स लिडरहरु संग छलफल तथा अन्र्तकृया गरेको छ ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले लायन्सको ब्राण्डिंगका लागि कार्यक्रम फलदायी भएको बताए । कार्यक्रममा लायन्स लिडरहरु प्रेमबहादुर श्रेष्ठ, दामु अधिकारी, मोहनबाबु खड्का, बिश्वेश्वर आचार्य, किशोर बराल, रामचन्द्र पोखरेल, दुर्गा हुमागाइ लगायतले कार्यक्रमका बारेमा आफ्ना बिचार तथा सुझाबहरु राखेका थिए । क्लबका अध्यक्ष बिष्णुबाबु खड्काको अध्यक्षतामा भएको अन्र्तकृयामा निवर्तमान अध्यक्ष सुदिप पौडेलले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । सचिब किशन गिरीले सञ्चालन गरेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रदिप कुँवरले धन्यबाद प्रकट गरेका थिए ।
अशोज ५ गते घटस्थापनाका दिन पोखराको साँग्रिला भिलेज रिसोर्टमा हुने कार्यक्रममा पोखरेली सांगितिक समुह डिमर्चा भाष्करध्वज श्रेष्ठ, लक्ष्य ब्याण्ड तथा दिक्षा जे थापा लगायत नेपालका ख्याती प्राप्त कलाकारहरुले गीत गाउने छन् । कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका गर्भनर एमजेएफ लायन धनराज आचार्यलाई सम्मान गरिने छ । कार्यक्रमबाट बचत रकम लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानको पढाउ अभियानमा सहयोग गरिने छ । कार्यक्रमको ब्यवस्थापन पब्लिक इभेन्टले गरेको छ भने मुख्य प्रायोजन उत्तम गुरुङ र कुँवर हार्डवयरले गरेको छ । कार्यक्रमको बैंकिग पार्टनर ओम डेभलभमेण्ट बैंक रहेको छ ।