लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी वर्ष २०१८÷१९ को अध्यक्षमा सुक बहादुर गुरुङ चयन भएका छन । हालै सम्पन्न २०१८÷१९ को निर्वाचनले आगामी कार्यकालका लागी गुरुङलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो । क्लवको निवर्तमान अध्यक्षमा शान्ता बहादुर थापा चयन भएका छन ।
क्लवको प्रथम उपाध्यक्षमा लिलाधर अधिकारी, द्धितिय उपाध्यक्षमा जयराम आचार्य र तृतिय उपाध्यक्षमा सुरेन्द्रराज गिरी चयन भएका छन । त्यसैगरी सचिवमा लालकाजी गुरुङ, कोषाध्यक्षमा लोक बहादुर थापा र सह सचिवमा नरहरी पनेरु र सह कोषाध्यक्ष एक नारायण गौतम चयन भएका छन ।
त्यसैगरी क्लवको एल सी आइ एफ कोअर्डिनेटरमा कमल कुमार प्रधान, मेम्बरसिप चियर पर्सनमा नरजंग थापा, पी आर ओ एन चीफमा लिला जिसी चयन भएका छनभने, टेल ट्वीस्टर विष्णु बहादुर भुजेल, ट्यामर रविन्द्र भण्डारी र डाइरेक्टरमा गणेश गुरुङ र नविन जंग थापा रहेका छनभने सदस्यहरुमा शिव थापा, राजु गुरुङ, सागर उदास, शेर बहादुर थापा, परमेश्वर बहादुर कार्की, महेश कार्की, राजु राइ, हरि थापा, रामचन्द्र वली, ओम प्रकाश गुरुङ, शिवराम जोशी, ललित कुंवर, दिपकराज वराल, नविन गुरुङ र सुनिल थापा चयन भएका छन ।
त्यसैगरी सल्लाहकारहरुमा बालाकृष्ण शर्मा, हिमालय बख्रेल, राजु श्रेष्ठ, कमल बहादुर बस्नेत, जयन्द्र कुमार राजभण्डारी रहेका छन । निर्वाचन कार्यक्रममा वोल्दै प्रमुख अतिथी डिस्ट्रिक डिपार्टमेन्ट अफिसर लायन श्याम कृष्ण श्रेष्ठले लायन्स क्लव समाज सेवाका लागी स्थापना भएको क्लव भएकाले सेवाको भाव राख्न इच्छुकलाई नया सदस्य वितरण गरी सामाजिक सेवामा लाग्नुपर्नेमा जोड दिए ।
क्लवका अध्यक्ष शान्ता बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन चियर पर्सन इन्जीनियर सुरेन्द्र पौडेल, रिजन चियर पर्सन बालाकृष्ण शर्मा, कमिटी चियर पर्सन राजु श्रेष्ठ, क्लवका गाइडिङ लायन्स सन्जिव वहादुर कोइराला लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य प्रथम उपाध्यक्ष शुकबहादुर गुरुङ र धन्यवाद मन्तब्य द्धितिय उपाध्यक्ष लिलाधर अधिकारीले गरेका थिए । क्लवका सचिव सुरेन्द्रराज गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Leave a Reply