लायन्स क्लव अफ तालवराहीको अध्यक्षमा जिसी

टुडे पोखरा संवाददाता
0Shares

लायन्स क्लव अफ पोखरा तालवराहीको अध्यक्षमा बासु जिसी निर्वाचित भएका छन् । क्लवको बुधबार साँझ भएको अधिवेशनले जिसीलाई वर्ष २०१८÷१९ का लागि अध्यक्षमा चयन गरेको हो ।

 

लायन्स क्लव अफ ३२५ बि १ वान नेपालका जोन चेयर पर्सन जयराम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले प्रथम उपाध्यक्षमा नारायण पहारी, द्वितीय उपाध्यक्षमा सोवितकुमार थापा, तृतीय उपाध्यक्षमा डा.थानेश्वर पहारी, सचिवमा नारायणप्रसाद पौडेल, सहसचिवमा शिवप्रसाद तिमिल्सिना र कोषाध्यक्षमा लोकेश सेञ्चुरीलाई चयन गरेको वर्तमान अध्यक्ष बिजयकुमार प्रधानले जानकारी दिए ।

 

त्यस्तै, क्लवको मेम्बर चेयर पर्सनमा प्रकाशचन्द्र पहारी, एल.सी.आई.एफ.कोअर्डिनेटरमा दीपेन्द्र राई, क्लव सर्भिस चेयरपर्सनमा बिजयकुमार प्रधान, क्लव डाइरेक्टरमा भिष्मराज पौडेल र क्लव मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा ईञ्जिनियर कृष्ण क्षेत्रीलाई चयन गरेको छ ।

 

नवनिर्वाचित समितिले लायन्सको निर्वाचित भएको ३ महिनापछि मात्र नेतृत्व लिने नियम अनुसार जुलाई २०१८ बाट मात्र नेतृत्व ग्रहण गर्नेछ ।