लायन्स क्लवद्धारा संयुक्त रक्तदान आयोजना,५० पिन्ट रगत संकलन

टुडे पोखरा संवाददाता
0Shares

सामाजिक क्षेत्रमा सक्रिय दुई लायन्स क्लवहरुको आयोजनामा शनिवार पोखरामा रक्तदान कार्यक्रको आयोजना गरिएको छ। लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारी र कैलाश चौतारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजनागरिएको हो। दुवै क्लवले नियमित बार्षिक कार्यतालिका बनाएर रक्तदान लगायतका सामाजिक कार्य गर्दै आएका छन्।


कार्यक्रमका प्रमुख अतिथि पूर्व मल्टिपल काउन्सील चियर पर्सन दिपक श्रेष्ठले पहिलो रक्तदाता न्यूरोड चौतारीका निवर्तमान अध्यक्ष पवित्रमणी पोखरेललाई रक्तब्याग हस्तान्तरण गरि कायक्रमको शुभारम्भ गरेका थिए।

क्षेत्रीय रक्त सञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवं न्यूरोड चौतारीका निवर्तनमान अध्यक्ष पवित्रमणी पोखरेलले जानकारी दिए। उनका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीलाई तत्कालै आवस्यक बि पोजेटीभ रक्तसमुहको ६ पिन्ट फ्रेस रगत समेत उपलब्ध गराईएको थियो।

कार्यक्रका प्रमुख अतिथि एवं पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठ, कैलाश चौतारीका अध्यक्ष यादव पोखरेल, न्यूरोडचौतारीका पूर्व अध्यक्ष दिपक राज घिमिरे लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए।

कार्यक्रम न्यूरोड चौतारीका अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक पवित्रमणी पोखरेलले गरेका थिए भने कार्यक्रम सञ्चालन लेखनाथ सुवेदीले गरेका थिए।