पोखराको लामाचौरमा आइतबारदेखि तीज महोत्सव शुरु भएको छ। नव आदर्श सामुदायिक समाज लामाचौरको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगितासहित स्थानीय ईन्द्रराज्यलक्ष्मी माविको प्राङ्गणमा महोत्सव शुरु भएको हो।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमूख मानबहादुर जिसीले महोत्सवको उद्घाटन गरे। जि.सी.ले समग्र देशको विकास निर्माणसंगै आम पोखरलाई नमूना शहरको रुपमा विकास गर्न हरेक नागरिकको दायित्व रहेको बताए। संगसंगै नव आदर्श सामुदायिक विकास समाजले गरेका हरेक रचनात्मक कृयाकलापले सामाजिक क्षेत्रमा उर्जा मिलेको उल्लेख गरे।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका–१६ का वडा अध्यक्ष जीवनप्रसाद आचार्य, १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, कैलास विकास बैंकका क्षेत्रीय प्रबन्धक सूर्यप्रसाद तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। समाजका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा समुद्घाटन कार्यक्रममा द्धितिय उपाध्यक्ष कमलबहादुर थापाले स्वागत र सचिव रेश्मा शेरचन अधिकारी र सह–सचिव दिनेश भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए। महोत्सवको पहिलो दिन महिला समूह नृत्य प्रतियोगितामा लामाचौरकै लालिगुराँस पुनमगर महिला समूह प्रथम, जाल्पादेवी महिला समूह द्धितिय, सामुदायिक महिला समूह तृतीय भए।
आइतबार नै महोत्सव अन्तरगत अन्तरमावि छात्रा भलिबल प्रतियोगितामा चार खेल सम्पन्न भएका छन्। सम्पन्न खेलहरुमा सिर्जना मावि, करुणानिधि एजुकेशन फाउण्डेशन, ईशानेश्वर मावि लमजुङ र न्यु ग्यालेक्सी स्कूल विजयी बनेको छ। प्रतियोगितामा नौवटा विद्यालयको सहभागिता रहेको खेलकुद संयोजक शुशील श्रेष्ठले जानकारी दिए। अन्तरमावि छात्रा भलिबलको प्रथम पुरस्कार २५ हजार, एक सय, एक रुपैयाँ, द्धितिय १५ हजार, एकसय, एक रुपैयाँ, छ।
आइतबार नै समाजले एसईई उत्तीर्ण ओजन वाग्ले र बिद्या थापालाई सम्मान ग¥यो। त्यस्तै, सुरक्षा लामिछानेलाई नाकोड्स कृष्ण मिठु अक्षयकोष र रुची गुरुङलाई प्रेमबहादुर थापा स्मृति छात्रबृत्ति प्रदान ग¥यो। सोमबार कोमल वली, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, राजन कार्की, मञ्जु बि.क. र सरस्वति लामिछानेको बेजोड प्रस्तुति रहनेछ। विद्यालयस्तरिय जोडी नृत्य प्रतियोगिता, स्व. नरबहादुर बानियाँ सितेरियो कराँते प्रतियोगिता, अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु हुनेछ।
पाँच दिनसम्म चल्ने महोत्सवमा रेडबुल राष्ट्रिय महिला भलिबल, अन्तरमावि छात्रा भलिबल प्रतियोगिता, अन्तर विद्यालय जोडी नृत्य एवम् विद्यालय लोकनृत्य प्रतियोगिता, स्व. नरबहादुर बानिया स्मृति प्रदेशस्तरिय सितेरियो कराँते प्रतियोगिता हुने प्रचार प्रसार संयोजक गिरधारी शर्माले बताए।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टिमको सहभागिता रहनेछ। उक्त भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ७५ हजार एकसय एक रुपैयाँ, द्धितिय पुरस्कार ५० हजार, एकसय, एक रुपैयाँ, तृतीय पुरस्कार २० हजार र चौथो पुरस्कार १५ हजार रुपैयाँ रहेको छ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कुष्ठ खेलाडी, बेस्ट क्वीकर, बेस्ट लिबेरो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेण्डर र बेस्ट कोचका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक श्रेष्ठले बताए। राष्ट्रिय राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ। आयोजकका अनुसार चार हजार दर्शकले एकैसाथ भलिबल खेल हेर्न सकिने प्याराफिट निर्माण बनाएको छ। महोत्सवस्थलमा ३९ वटा व्यापारिक स्टल र रमाइलो बालउद्यानसमेत सञ्चालनमा ल्याएको छ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकार कोमल वली, रामजी खाँण, सम्झना थापामगर, दीपक खड्का, चोलेन्द्र पौडेल, कृष्णा गुरुङ, तुलशा जिसीले मनोरञ्जन प्रदान गर्ने आयोजकले बताएको छ। हाँस्यव्यङ्गमा टेलिफिल्म भद्रगोलका कलाकार बले र कक्रोचको प्रस्तुति रहने शर्माले बताए।
संयोजक शर्माका अनुसार भदौ सात गते ‘ए मेरो हजुर–२’ नेपाली चलचित्रका युनिट झरना थापा, साम्रागीराज्यलक्ष्मी शाह, सलोन बस्नेत, सलिनमान बानियाँ, सुनिल थापा लगायतको महोत्सवमा प्रस्तुती रहनेछ। करिव एक लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी छ। महोत्सवले सांस्कृतिक र आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ।
Leave a Reply