लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न कम्पनीको अध्यक्षमा चन्द्रज्योति आले

20Shares

रूद्र श्रीसमगर
नेपाललगायत विश्वका विभिन्न देशमा छरिएर रहेका मगर समुदायको बीचमा एकता र आपसी सद्भाव कायम राख्दै छरिएर रहेका पुँजीलाई एकीकृत गरी ठोस योजनासहित नेपालमै लगानी गर्ने उद्देश्यका साथ स्थापितलाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न भएको छ । समग्र मगर समुदायलाईउद्योगी, व्यापरी र व्यवसायी बनाइ आम मगर जातिको आर्थिक समृद्धिको अभियानमा जुट्ने उद्देश्यले स्थापित भएको यस कम्पनीले ६ महिनामै लगानी कर्तालाई लगानीको १० प्रतिशतलाभांशवितरण गरेर पनि५० लाख रुपैयाँको सम्पत्ति कम्पनीको नाममा जोड्न सफल भएको छ ।
साथै, कम्पनीको साधारणसभाले चन्द्रज्योति आलेमगरको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ । त्यसैगरी, साधारणसभाले कम्पनीलाई आवश्यक सरसल्लाहका निम्ति सल्लाहकार समिति समेत गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *