लमजुङको गिलुङमा कोईच्होदेवी रनिङ कप पूmटबल प्रतियोगिता सम्पन्न

टुडे पोखरा संवाददाता
0Shares

 

लमजुङको क्होला सोंथर गाउँपालिका वडा नं. ९ गिलुङमा बुद्धोदय मा.वि.को ४३औं वार्षिक उत्सव तथा कोईच्होदेवी रनिङ कप पूmटबल प्रतियोगिता सम्पन्न भएको छ । मिलन युवा क्लब गिलुङको आयोजनामा गत माघ ३ गतेबाट शुरु भएको प्रतियोगिता माघ ९ गते सम्पन्न भएको हो ।
जारी प्रतियोगितामा क्रियाटिभ युवा क्लब डढुवा ए प्रथम र क्रियाटिभ युवा क्लब डढुवाकै बि टिमले द्धितिय स्थान हासिल गरेका छन् । बिजेता समुहले नगद १ लाख पुरस्कार प्राप्त गरेका छन् भने उप बिजेताले ५० हजार नगद पुरस्कार ट्रफी र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो । क्लबले वि.सं.२०५४ सालदेखि विद्यालयको वार्षिक उत्सवको अवसरमा निरन्तरन्तर रुपमा खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आई रहेको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा गिलुङ समाज यु.के. र हङकङ, गिलुङ सुधार साहयक समिति पोखरा, कुमार गुरुङ र राजकुमार (राजु) गुरुङ हङकङ, सांसद पृथ्वीसुब्बा गुरुङ, वडा नं. ९ तथा क्होला सोंथर गाउँपालिकाले प्रायोजकको रुपमा सहयोग गरेका थिए । प्रतियोगितामा ३ लाख रुपैंया आम्दानी भएको छ भने २ लाख ५० हजार खर्च भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । स्थानिय स्त्तरमा नयाँ खेलाडी उत्पादन गर्ने र गाउँको प्रचार गरी पर्यटक आगमनलाई वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसैबीच प्रतियोगिताकै अवसरमा गिलुङ स्थायी घर भई हाल यु.के.निवासी लमजुङ समाज यु.के.का सह–कोषाध्यक्ष नन्दप्रसाद गुरुङ र यु.के. निवासी कबिर गुरुङ तथा अमेरिका निवासी बाल्टीमोर तमु समाजका सल्लाहकार किरण गुरुङको संयुक्त प्रायोजनमा स्थानियलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पोखराबाट कलाकारहरु गिलुङ गाउँसम्म लगेर साँङगेतिक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका तथा नायिका सविना गुरुङले स्थानियलाई गीत संगीत तथा नृत्यको माध्यबाट मनोरञ्जन प्रदान गरेका थिए । प्रतियोगिता अबधीभरको सम्पूर्ण गतिविधिहरु तमुमै ताँ कार्यक्रमले छाँयाङ्कन गरेका थिए ।

 

हाम्रो फेसबुक पेज

हाम्रो युट्यूब च्यानल