लत्रेपिपल साँस्कृतिक साँझमा मन्त्रमुग्ध दर्शक

स्याङ्जाको लत्रेपिपलमा आयोजना भएको प्रथम ‘लत्रेपिपल बृहत सांस्कृतिक मेला २०७४’ मा दर्शकले भरपुर मनोरञ्जन लिएका छन् ।
लत्रेपिपल युवा क्लवको आयोजनामा पुतलीबजार नरपालिका वडा नं. ३ लत्रेपिपल शनिबार भएको सांस्कृतिक मेलामा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले दर्शकलाई भरपुर मनोरन्जन दिलाए । आफ्नै घरछेउमा भएको कार्यक्रममा उनले विभिन्न डान्सिङ नम्बरमा गीत गाएर सबैलाई नचाए ।
Image may contain: 1 person, standing, crowd and outdoorउनले ‘मलाई अमेरीक यहीँ, मेरो मायाँ बसेको ठाउँमा’ गीत गाएर दर्शकको रुपमा जम्मा भएका आफ्नै गाउँका दाजुभाई, दिदीबहिनी, आमा बाबा, काकाकाकीलाई भरपुर मनोरन्जन दिए । त्यसैगरी घर त मेरो स्याङ्जा रयाले, सरर पिलेमा आए, ठाडो भाका देखी भजन चुड्कासम्म गाएर सबैलाई नचाए ।
‘मैले गीत गाउँछु, तर मेरा लागि असली सर्जक यहाँहरु हो । तपाइले भान्सामा, मेलामा बिवाहमा गीत गाउँनुहुन्छ अनि त्यसलाई म नयाँ लयमा गीत बनाउँछु’ स्टेजबाटै पशुपतिले भने,‘आज आफ्नै घरछेउमा भएको कार्यक्रममा गाउन पाउँदा खुसी छु ।’
Image may contain: 12 people, people smiling, people standingयस्तै गायक घनश्याम रिजालले ‘घर शून्य भो, सरसर, डालिमा बसेको चरी, रत्तेउली…’ लगायतका गीत गाएर दर्शक उफारे । दर्शक रमेशराज भट्टराइको पर्खाइमा थिए ।
कार्यक्रम प्रस्तोताले राजनलाई स्टेजमा आमन्त्रण गर्नासाथ अल्लारे तन्नेरीहरुको भीडले सिठी बजाएर स्वागत ग¥यो । माइक समाउन नपाउँदै रमेशराजले भने,‘सात घण्टा पर्खिएर गीत आफ्नो प्रस्तुति नि पाउँदा म खुसी छु । यति लामो समय पनि तपाइहरु धैर्य भएर बस्नु भो मेरो लागी यो भाग्य हो । अझ नेपालको स्टार पशुपतिको गाउँमा आएर गाउँन पाउँदा म गौरवान्वित छु ।’
Image may contain: 4 people, crowdत्यसपछि उनले गाए डान्सिङ बिटको गीत ‘बबाल भो’ । रमेशराजले यो गीत गाउँदा दर्शक उफ्रिउफ्रि नाँचे । उनले अन्तिममा ‘बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई…’ गाए । त्यसपछि दर्शकले वान्स मोर गरेपछि उनले यहि गीत दोहो¥याएर गाए ।

कार्यक्रममा प्रकाश सपुत, गायिका मञ्जु वि.क., सम्झना भण्डारी, दिनेस मरासिनी,तारा पौडेल श्रेष्ठ, लक्ष्मी नेपाली र चर्चित मोडल अञ्जली अधिकारी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो । यस्तै पोखरेली माग्ने बुढा र धुर्मुसको प्रहसनले दर्शकलाई पेट मिचिमिची हसायो । निः शुल्क रुपमा कार्यक्रम हेर्न व्यवस्था गरिएकाले दर्शकको उल्लेख्य चाप थियो ।
कार्तिक २५ गते लत्रेपिपल क्लबले आफ्नो स्थापना दिवसको अवसरमा गरेको प्रथम लत्रेपिपल बृहत सास्कृतिक कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्ने दर्शक, प्रायोजक, सहप्रायोजक र सहयोगीलाई क्लबका कोषाध्यक्ष मनोज मल्लले धन्यवाद दिए । उनले मेलालाई आगमी वर्षमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष धु्रब शर्माले क्लबका तर्फबाट कार्यक्रमको मुख्य प्रायोजन गोल्डेन टाइगर बियरका प्रमुख पृथ्वी थकाली, विशेष प्रयोजक सिटी एक्सप्रेसका प्रतिनिधी, कलाकारहरुलाई मायाको चिनो दिएर सम्मान गरेका थिए ।