रुक्मिणी स्मृति अक्षय कोषका तर्फबाट एक छात्रालाई शाईकल सहयोग

९ बर्ष अघि दिवंगत बासकी पूर्ब केन्द्रीय रुक्मिणी शाहको जन्मदिनमा बासले एक छात्रालाई शाईकल सहयोग हस्तान्तरण गरेकोछ । बासद्धारा नेपालगञ्जमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । नेपालगञ्ज स्थित हिमालय शाईकल हाउसको सहकार्यमा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषका तर्फबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

भेरी बिद्या ईङ्गलिस मिडियम स्कुल, एअरपोर्ट, राँझामा कक्षा ५ मा अध्ययनरत छात्रा अस्मिता थापालाई उक्त सहयोग हस्तान्तरण गरिएको हो । बासका कानुनी सल्लाहकार केशव कोईराला, शाहकी मुवा रमादेबि शाह र हिमालय शाईकल हाउसका प्रोपराईटर मेराज अहमद हल्वाईले संयुक्त रुपमा छात्रा अस्मिता, उनकी आमा डिला थापालाई संयुक्त रुपमा शाईकल हस्तान्तरण गरेका छन्् ।नेपालगञ्ज–२० नयाँबस्ति निवासी डिला आर्थिक अवस्था कमजोर भएकि महिला हुन् । श्रीमानले अर्काे बिवाह गरि २ बर्ष अघि भारत गएपछि उनी एकल रुपमा जीवन यापन गरिरहेकि छिन् । १ छोरा र १ छोरीकी आमा डिला घरखर्चको जोहो गर्न इट्टा, मसाला बोक्ने, मजदुरी गर्ने गर्दछिन् । छोरा र छोरीलाई उक्त बिद्यालयमा पढाउँदै आएकि डिलाको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बिद्यालयले अस्मितालाई निःशुल्क रुपमा पढाईरहेकोछ । बिद्यालयबाट ५ किलो मिटर टाढा घर भएकि अस्मिता हरेक दिन १ घण्टाको बाटो हिँडेर बिद्यालय जाने गर्छिन् । पठन—पाठन गर्न सहज होस् भन्ने हेतुले शाईकल सहयोग गरिएको हो ।


शाईकल हस्तान्तरण कार्यक्रममा बिद्यालयकी शिक्षिका सुमित्रा बरालले बासबाट भएको सहयोगको प्रशंसा गरिन् । उनले बिद्यालयका तर्फबाट ७० जना बिद्यार्थीलाई निःशुल्क पढाईरहेको बताईन् । शाईकल सहयोगबाट पठन—पाठनमा सहज होस् हुने बिश्वास उनले व्यक्त गरिन् । सहयोग पाएपछि छात्रा अस्मिता र उनकी आमा डिला थापाले खुसी व्यक्त गरे । अस्मिताले भनिन्—यो सहयोगले मलाई पठन—पाठनमा धेरै सजिलो हुनेछ ।कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए । बासका अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता थियो । कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्विरमा अविर अर्पण गरिएको थियो ।

अक्षयकोषबाट सरस्वती उच्च मा.वि. मा अध्ययनरत सरस्वती चौधरीलाई कक्षा ८ देखि पठन—पाठनका लागि सहयोग गरिरहेको छ । चौधरी हाल कक्षा १० मा अध्ययनरत छन् ।शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ ।शाहको सम्मानमा बासले ८० हजारको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषबाट मध्य तथा सुदुरपश्चिम क्षेत्रका हिँसा पीडित महिलाहरुलाई आर्थिक सहयोग गर्ने उद्धेश्य लिईएको छ ।
स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।