रुकुममा पहिलो पटक प्याराग्लाईडिङ परिक्षण सुरु

पोखराप्लसवादाता पोखरा,

रुकुममा पहिलो पटक आईतबारबाट प्याराग्लाईडिङ परिक्षण सुरु गरिएको छ । पर्यटन प्रवद्र्धन वातावारण संरक्षण केन्द्र रुकुमको आयोजनामा प्याराग्लाईडिङ परिक्षण सुरु भएको हो ।

आइतवार पहिलो दिन मुसिकोट नगरपालिकाको जन्तिवस्ने लेकबाट सफल परिक्षण गरिएको छ । कास्कीको पोखराबाट जिल्ला पुगेका इन्स्ट्रक्टर सुवास थापा, टेण्डम रमेश पहाडी, सोलो सिङगल प्रविण क्षेत्री र महेश रावलले आज पहिलो दिन सफल परिक्षण गर्नुभएको हो । इन्स्ट्रक्टर थापा जन्तिबस्ने लेकबाट उडेर मुसिकोटको घिमानेमा अवतरण गर्नुभएको थियो भने टेन्डम पहाडी, सोलो सिङगल क्षेत्री र रावल सल्ले एयरपोर्टमा अवतरण गरेका थिए  ।

15049865_1307281052645120_869773076_n-800x445

मुसिकोटकै जन्तीवस्ने लेकमा सोमबार पनि प्याराग्लाईडिङ परिक्षण गरिने आयोजक पर्यटन प्रवद्र्धन वातावारण संरक्षण केन्द्र रुकुमका अध्यक्ष चन्द्रवहादुर केसीले जानकारी दिनुभयो । जिल्लाका सम्भावित ३ ओटा, मुसिकोट नगरपालिकाको जन्तीवस्ने लेक, रुकुमकोट गाविसको झुम्कामारे लेक र बाँफिकोटको झार्लेगोठ लेकमा प्याराग्लाईडिङ परिक्षण गर्न लागिएको हो । झुम्कामारे लेकमा मंसीर १ गते र झार्लेगोठमा मंसीर ३ गते परिक्षण गरिने छ । प्याराग्लाईडिङ परिक्षणका लागि कास्किको पोखराबाट ४ जनाको टोली रुकुम आईपुगेको छ ।

 

 

1544994_404366656425792_3520307393489350772_n

प्याराग्लाईडिङ परिक्षणका लागि जिल्ला विकास समिति अन्तरगतको पर्यटन समन्वय समिति, रुकुम उद्योग वाणिज्य संघ, डिग्रे मन्दिर व्यवस्थापन समिति र सम्वन्धित नगरपालिका तथा गाविस कार्यालयहरुले सहयोग गरेको आयोजकले बताएको छ । प्याराग्लाईड संचालनको सम्भाव्यता अध्यन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाईडिङमा व्यवशायिकता सुरु गर्ने प्रमुख लक्ष राखिएको छ । त्यस्तै परिक्षण सफल भएमा जिल्लाको समग्र पर्यटन विकासमा ठुलो टेवा पुग्नुका साथै जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्त पुग्ने आयोजकले विश्वास लिएको छ ।

]

प्याराग्लाईडिङको सम्भावना राम्रो

जिल्लामा प्याराग्लाईडिङको सम्भावना राम्रो पाईएको इन्स्ट्रक्टर सुवास थापाले बताउनुभयो । सिस्ने हिमाल, डिग्रे मन्दिर, यहाँका बजार तथा अन्य मनोरम दृष्यहरु देख्न पाईने र टेकअपको अवस्थापनि निकै राम्रो पाईएको उहाँको भनाई छ । तर ल्यान्डिङको भने समस्या रहेको थापालेबताए।

प्याराग्लाइडिङको सफल परिक्षण गर्ने पाईलट सम्मानित

जिल्ला विकास समिति रुकुमले प्याराग्लाईडिङका सफल परिक्षणमा सहभागी ४ जनालाई सम्मान गरेका हुन्। रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्र राना र  पर्यटन प्रवद्र्धन वातावारण संरक्षण केन्द्र (टिप्स नेपाल) रुकुमका अध्यक्ष चन्द्रबहादुर केसीले संयुक्त रुपमा सम्म्मानपत्र, पगरी र दोसल्ला ओढाएर सम्मान गरे।

 

title-rukum_d8mx6gvy5t

 

फिस्टेल नेपाल प्याराग्लाईडिङ प्रालिले करिब एक साता लगाएर रुकुमको ३ ठाउँमा प्याराग्लाईडिङको सफल परिक्षण गरेको थियो। रुकुम मुसिकोट नगरपालिकाको जन्तीवस्ने लेक, रुकुमकोट गाविसको झुम्कामारे लेक र बाँफिकोटको झार्लेगोठ लेकमा प्याराग्लाईडिङ परिक्षण गरिएको हो। जसमा पोखराबाट रुकुम पुगेका इन्स्ट्रक्टर सुवास थापा, टेण्डम रमेश पहारी, सोलो सिङगल प्रविण क्षेत्री र महेश रावल सहभागी थिए। प्याराग्लाईड सञ्चालनको संम्भाव्यता अध्ययन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाईडिङमा व्यवसायिक तरिकाले सुरु गर्ने उदेश्यले रुकुममा टिप्स नेपालको आयोजनामा प्याराग्लाईडिङ परिक्षण गरिएको थियो।  सम्मान कार्यक्रममा बोल्दै प्याराग्लाईडिङका प्रशिक्षक तथा इन्स्ट्रक्टर सुवास थापाले रुकुमको जन्तीबस्ने लेक प्याराग्लाईडिङका लागि अन्य ठाउँ भन्दा उत्तम भएको बताए।