राष्ट्रिय लोकदोहोरीगीतप्रतिष्ठानको शुभकामना आदान प्रदान

टुडे पोखरा संवाददाता
0Shares

छबि मगर

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले नेपालीहरुको महान पर्व दशै, तिहार, छठ, नेपाल संवत तथा ल्होसारको अवसर पारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षक प्रजापति पराजुलीले लोकदोहोरीगीत प्रतिष्ठान गण्डकीमा आवद्ध दोहोरी कलाकारहरु शुभकामना दिद ैदोहोरी कलाकार उत्पादन संगै लोकदोहोरीको संरक्षण गर्न तर्फ प्रतिष्ठान लाग्नुपर्नेमा जोड दिए । लोकदोहारी प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले गण्डकी प्रदेश आफैमा लोकदोहोरीगीतको उद्गम थलो भएकाले गण्डकी प्रतिष्ठानले लोकदोहोरीको संरक्षण र प्रवद्र्धन तर्फ लाग्नुपर्नेमा जोड दिए । त्यस्तै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले लोकदोहोरी प्रतिष्ठानले गण्डकी प्रदेशको लोक संस्कृतीलाई बचाउदै यसको प्रवद्र्धन गर्नतर्फ लाग्नुपर्ने वताए ।

लोकदोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष शंकर बिरही गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक सूर्य प्रसाद ढकाल, लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय महासचिव चोलेन्द्र पौडेल, प्रदेश संयोजक तारापति सुवेदी, केन्द्रिय सदस्यहरु जीवन दाहाल र घनश्याम रिजालले आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

 


उक्त अवसरमा प्रतिष्ठानले दोहोरीगीतको संरक्षणमा विशेष काम गरेको भन्दै युनाइटेड क्लव पोखराका अध्यक्ष लालकाजी गुरुङ, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका संयोजक सूर्य प्रसाद ढकाल, किराँत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र राइ र गोर्खा मिलन समाज पोखराका अध्यक्ष तिलक तिवारीलाई सम्मान गरिएको थियो, कार्यक्रम सबै जिल्लाका कलाकार सदस्य हरुको उपस्थिती थियो ।