राष्ट्रिय मुक्तक पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन

टुडे पोखरा संवाददाता
0Shares

मुक्तक मञ्च पोखराले हरेक २ वर्षमा प्रदान गर्दै आएको राष्ट्रिय मुक्तक पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।

मञ्चका सल्लाहकार तथा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपको संयोजकत्वमा गठित समितिमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य रहनुभएको छ । समितिमा मञ्चका अध्यक्ष प्रान्जल र सचिव रामजीप्रसाद आचार्य पदेन सदस्य रहनुभएको छ ।

मुक्तककार विष्णु अल्पविरामद्वारा स्थापित अक्षयकोषको ब्याजबाट नगद ११ हजार १११ रुपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसक्नुभएको छ । मुक्तक विधामा व्रिmयाशील यस वर्षको पुरस्कार चैतको अन्तिम साता हुने विशेष कार्यव्रmममा प्रदान गरिने अध्यक्ष प्रान्जलले जानकारी दिनुभयो ।