ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना निधन भएका संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको १३ औं दिनको अवसर पारेर एरेञ्जर तारानाथ आचार्यले श्रद्धाञ्जली गीत गाएका छन् ।
पोखराको डिजिटल स्टारका संचालक आचार्यले रबिन्द्रको सम्झनामा गीत गाएका हुन् । तारानाथकै आवाजमा रहेको गीतको शब्द, लय, संगीत र निर्देशन स्वंय तारानाथकै रहेको छ । गीतको रेकर्डिस्ट दिपेन्द्र अधिकारी हुन् भने सिनेमाट्रोग्राफर रशेम गौतम रहेका छन् ।
कास्की क्षेत्र नं. २ का संघीय सांसद समेत रबिन्द्रको बारेमा अरुले भन्दा पारिवारीक र यथार्थपरक शब्दहरु राखेर गीत तयार पारिएको तारानाथले दाबी गरे ।