मनोज घर्तीमगर-नारीप्रधान मगर कथानक नेपाली फिल्म ‘रैयाँ’ यूकेको मगर संघ भवनमा प्रर्दशन भएको छ । मगर समुदायमा छोरीलाई आठदेखि दस वर्षभित्र आमाले गुन्यूचोली, रैयाँ (बाला) र घलेक दिनैपर्ने सँस्कार छ । यही विषयलाई केन्द्रमा पारी बनाइएको फिल्ममा अशोक आलेमगर र प्रिया मगर मुख्य भूमिकामा देखिएका छन् । शनिबार युकेमा प्रर्दशन भएको फिल्म हेर्न मगर संघका सक्रिय व्यक्तिहरुको उल्लेख्य सहभागीता थियो । रैंयाँ हेरिसकेपछि फिल्म उत्कृष्ट भएको धेरैको प्रतिक्रिया थियो ।
फिल्म हेरिसकेपछि मगर संघ, युकेको अध्यक्ष नेम थापा मगरले फिल्मले भाषा सिकाउने काम पनि गर्दछ भन्ने कुरा फिल्म हेर्न गर्ने क्रममा शब्द शब्दमा छलफल हु“दा महसुस गरेको सुनाए ।
नेपाल मगर संघ,केन्दीय सदस्य, युरोप/अमेरिका संयोजक शान्ति थापा कु“वर मगरले रैंया“ फिल्मले सहि विषयवस्तु उठान गरेको बताइन् । मगर महिला सोसाइटी युकेका अध्यक्ष छविमाया पुन मगरले रैंया“लाई शब्दकोषमा जुन अर्थ लगाएको छ त्यो नभएको बताइन् । ‘वास्तवमा हाम्रो कुराहरुको गलत अर्थ लगाइएको छ । हामीले नै हाम्रा राम्रा कुराहरु संरक्षण गर्ने हो । रैंया“को प्रयास राम्रो छ’ उनले भनिन् ।
मगर संघ, काठमाडौं जिल्ला भुपु अध्यक्ष तथा मगर संघ बेलायतको सल्लाहकार क्या. हरिबहादुर थापा मगरले रैंया“कै कारणले गर्दा गुल्मीमा हत्या भएकोे स्मरण गरे । ‘म र लेखबहादुर थापा मगरले मगर भवन युकेमा मगर भाषा प्रशिक्षण गराउ“दछौं । रैंया“ फिल्म मैले गाउ“मै पुगेर हेरिरहेको छु जस्तो भयो’ उनले भने ।
मगर महिला संघका संस्थापक गोमा रानामगर रैंया“ले दिन खोजेको म्यासेज एकदम सराहनीय भएको प्रतिक्रिया दिइन् । ‘मगर भाषा, संस्कार, संस्कृतिमा बनेको यो फिल्म यूकेमा हेर्ने मौका’ उनले भनिन्,‘अझ प्रगतिको कामना रैंया“ टिमलाई ।’
पोखरा, म्याग्दी, तनहुँ, स्याङ्जा लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मले मगर महिलाको परम्परागत गहनालाई ‘रैंया’ लाई जीवन्तता दिने प्रयास गरिएको छ । दुवै हातमा लगाउँने काँडे बाला (रैंया) हातको शोभा बढाउने मात्रै होइन, आपतविपतमा हतियारको समेत काम गर्ने विषयलाई रोचक तरिकाले फिल्ममा उतारिएको निर्देशक मेजन पुनमगरले बताए ।
नेपालका ८ जिल्लामा ५१ औं पटक र अमेरिका, हङकङमा प्रदर्शन भइसकेको यो फिल्म मगर र नेपाली भाषामा छ । मगर फिल्मको पहिलो नायक राज थापाको समेत अभिनय रहेको फिल्ममा हर्क आलेको कथा छ । फिल्मको निर्माता तारामाया मगर, अंकित पुनमगर र हर्क आलेमगर हुन भने डकुमेन्ट्री मेकर भिमबहादुर रानाको सहनिर्देशन छ ।
Leave a Reply