युकेवासीले गरे ८ लाख सहयोग अग्नीपिडित लाइ

Today Pokhara
0Shares

छबि मगर
पोखरा, १९ कात्र्तिक,

आगालागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमिक्त युकेवासी नेपालीले img_0468रकम सहयोग गरेका छन् । हङकङवासी नेपालीहरुले लामडाँडा अग्नी पिडितहरुका निमिक्त नगद ८ लाख रुपैयाँ प्रदान गरेका हुन् । बेलायतमा संकलन भएको उक्त रकम आंधीखोला सेरोफेरो तमु समाजका निवर्तमान अध्यक्ष फत्त गुरुङ लगायत समाजका सदस्यहरु खुम गुरुङ र प्रेम गुरुङको उपस्थितिमा हस्तान्तरण भएको हो । एकद्धवार प्रणालीबाट राहत वितारण गरिने सरकारी नियम अनुसार राहत रकमको चेक लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा अध्यक्ष गुरुङले बेलायतबाट संकलित रकमले अग्नीपिडितहरुको घाउमा मलाम लगाउन सहयोग पुग्ने दावी गर्नुभयो । उहाँले पिडितहरुको घर पुर्ननिर्माणमा ढिलाई हुन नहुने जिकिर समेत गर्नुभयो । उहाँले घर निर्माणको अधिकांश रकम संकलन भइसकेको भन्दै पुर्ननिर्माण थाल्न अनुरोध पनि गरे ।
त्यसैगरी स्थानिय समाजसेवी एवम लेफ्टीनेट चौ बहादुर गुरुङले अग्नीपिडितका नाममा आएको रकमलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगालागी बाट ध्वस्त बनेका घरहरु छिट्टै पुर्ननिर्माण हुने अश्वासन दिए ।
राहत वितारण कार्यक्रममा बोल्दै लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईले हाल सम्म ५५ लाख ४१ हजार संकलन भइसकेको जानकारी दिनुभयो ।

उहाँले पिडितहरुलाई पहिलो किस्ता स्वारुप प्रति परिवार १ लाख वितारण भइसकेको बताउनुभयो । यस संगै पिडितहरुले घर निर्माण थालेका छन । गत बैशाख १८ गते आँगलागीबाट २३ घर पुर्ण रुपमा नष्ट भएको थियो । आगालागीबाट नष्ट भएका घर निर्माणका लागि करिव १ करोड १५ लाख लाग्ने अनुमान गरिएको छ । हाल सम्म ६६ बण्डल जस्तापाता, काठ उपलब्ध भइसकेको छ ।