युएईमा नेवारी परिकार योमरीको सम्झना

1Shares

नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै’ भन्ने नेपाली उखानछ । आखिर नेपाली जहाँ पुगे पनि आफ्नोपन, खानपान, जिब्रोको स्वाद, भेषभूषा छाड्न सक्दैन । युएईमा बसोबास गर्दै आएका नेवार समुदायले नेवारी परिकार योमरीको सम्झना गरेका छन् ।
युएईमा बसोबास गर्दै आएका नेवार समुदायले संस्कृति र परम्परालाई विदेशमा बसेर पनि संरक्षण गर्दै जाने उद्देश्यका साथ २८ डिसेम्बर २०१८ मा दुबईको अल वर्शा पोण्ड पार्कमा मनोरञ्जनात्क कार्यक्रमसहित आयोजित वनभोजमा योमरी बनाएर खाएका छन् ।
नेवाः पुचः युएई शारजाह क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा तामाङ समाज युएईका अध्यक्ष महेश तामाङ, तनहुँ समाज युएईका अध्यक्ष कृष्ण पौडेल, मगर समाज युएईका अध्यक्ष टंक थापा मगर, भुजेल समाजका प्रतिनिधी तुल घर्ती, नागरिक सेवा समाजका अध्यक्ष प्रभाकर पौडेल, देवदह सेवा समाजका संयोजक श्याम बस्याल, युएई एक्सचेन्ज नेपाल कोअर्डिनेटर सन्तोष प्रसाई, हिमाल रेमिटका रमिल प्रधान र गोकुल ज्ञवाली, अनाहत गजल संग्रहका लेखक टक गुरुङ, बाबुराम सापकोटा, कृष्ण प्रसाद आचार्य, कृष्ण वाग्लेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मनोज चन्दले दुईवटै हातले एकैपटक उल्टो र सुल्टो संगसंगै लेख्ने, खुट्टा, कुहिना र मुखले समेत लेख्ने, एकैपटक ६ वटा कलमले लेख्ने प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल बनाउन शारजाह क्षेत्रीय समितिका अध्यक्ष मनोज प्रसाद श्रेष्ठको संयोजकत्वमा आयोजक समिति बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *