प्रचण्डलाई गाली गर्ने कांग्रेस कार्यकर्तालाई प्रहरीले समात्यो

0Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसबुकमा गाली गरेको अभियोगमा प्रहरीले कांग्रेसका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अध्यक्ष दाहालबारे फेसबुकमा ‘नराम्रो’ स्टाटस पोष्ट गर्दा प्रधान पक्राउ परेका हुन । ‘प्रचण्ड’ को मानमर्दन हुने गरी स्टाटस लेखेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले उजुरी गर्नेको परिचय खुलाएको छैन ।

चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार आरोपबारे व्यवसायीमाथी सोधपुछ भइरहेको छ । प्रचण्डबारेमा लेखिएको नराम्रो फेसबुक पोस्ट आफुहरुले पनि हेरेको जनाउँदै एसपी राठौरले यसबारे अनुन्धान भइरहेको जानकारी दिएका छन् ।

उनका बारेमा धेरै पहिल्यैदेखि प्रहरीले चासो दिइरहेको एसपी सुशिलसिंह राठौरले बताए । प्रधानले अति नै गालीगलौज गरेर स्टाटसहरु लेख्ने गरेको गुनासो पहिल्यैबाट आउने गरेको उनले बताए ।

एसपी राठौरले भने–‘उनी कुन रुपमा प्रस्तुत हुन्छन् त्यो आधारमा कारवाहीको प्रक्रिया अघि बढ्छ । जाहेरीको हकमा कानुन अनुसार अघि बढ्न सकिन्छ ।’ पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका मालिक तथा कांग्रेसको भातृसंगठन तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *