मगर संघ कास्कीको २३ औं जिल्ला सम्मेलनमा जनप्रतिनिधि सम्मानित

नेपाल मगर संघ कास्कीको २३ औं जिल्ला सम्मेलनमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू सम्मानित भएका छन् । कास्कीका विभिन्न स्थानीय तहबाट निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरूलाई मगर संघ कास्कीले सम्मान गरेको हो । शनिबार सम्पन्न कार्यक्रममा रुपा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष दीपक आलेमगर, वडा नं. २ का वडा सदस्य अनिता रानामगर, वडा नं. ४ का वडा सदस्य विजय रानामगर, पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ का वडा सदस्य थलबहादुर थापामगर, मादी गाउँपालिका वडा नं. ५ का वडा सदस्य पार्वती रानामगर, वडा नं. ६ का वडा सदस्य बलबहादुर रानामगर, अन्नपूर्ण गाउँपालिका वडा नं. ७ का वडा सदस्य कृष्णबहादुर मगर, वडा नं. ९ का वडा सदस्य गनबहादुर पुनमगर, वडा नं. १० का वडा सदस्य मीनकुमारी रानामगर, माछापुच्छ«े गाउँपालिका वडा नं. ५ का वडा सदस्य रासबहादुर रानामगर, वडा नं. ८ का वडा सदस्य नवीन रानामगर, वडा नं. १ का वडा सदस्य कैले मगर र जमुना पुनमगर सम्मानित हुनुभएको हो । एन्फाद्वारा आयोजित यु–१८ फुटबल प्रतियोगितामा संकटा क्लबाट रनर अप भएका खेलाडी दिपेश आलेमगरलाई समेत सो अवसरमा सम्मानित गरिएको थियो ।


नेपाल मगर संघका पश्चिमाञ्चल उपाध्यक्ष मन्धरी आलेमगरले मगर जातिको पहिचान र अधिकारका लागि मगर एकता जरुरी रहेको बताउनुभयो । मगर जातिले राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिँदै आलेमगरले राजनैतिक रुपमा सचेत नभएसम्म मगर जातिको मुक्ति नहुने बताए । त्यस्तै, संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज कृष्णबहादुर रानामगरले मुक्तिको लडाइँमा मगरहरू तेस्रो चरणमा प्रवेश गरेको बताउनुभयो । ‘हामी लडाइँको तेस्रो चरणमा प्रवेश गरेका छौं’, रानामगरले भन्नुभयो, ‘हामीले राजनैतिक माग राखेका छौं, पहिचानसहितको अधिकार मागेका छौं ।’

रुपा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष दीपक आलेमगरले राज्यका हरेक तहमा मगर जातिको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । राजनैतिक रुपमा सचेत बन्नुपर्ने बताउँदै वडाध्यक्ष आलेमगरले पछिल्लो समय भएको स्थानीय तहको निर्वाचनमा मगर जातिको सन्तोषजनक प्रतिनिधित्व भएको उल्लेख गरे ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कास्कीका उपाध्यक्ष सु. हरिमान थिङ तामाङ, रुपा गाउँपालिका वडा नं. ४ का वडा सदस्य विजय रानामगर, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर बुद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराड्डीमगर, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ कास्कीका अध्यक्ष चन्द्रप्रकाश थापामगर, नेपाल मगर संघ कास्कीका पूर्व उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगर, चित्रेभञ्ज्याङ–पोखरा सम्पर्क मञ्च, कास्कीका अध्यक्ष क्या. नरेश थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सम्मेलनले सचिव यामबहादुर थापामगरद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कुमार थापामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगर र उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वागत गरेका थिए ।