कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसको पक्षमा जनमत ः शर्मा

टुडे पोखरा संवाददाता
0Shares

कास्की क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनीधिसभातर्फ उम्मेदवारी दिएका शुक्रराज शर्मासहितको प्रचार टोली मंगलबार लान्द्रुक पुग्यो । त्यहाँका मतदाताहरुको घरघरै पुगेर टोलीले काँग्रेसको पक्षमा भोट समेत माग्यो । कास्की क्षेत्र नम्बर ३ प्रदेश ‘ख’का उम्मेदवार शिकन्दर गुरुङसहित शुक्रराज लान्द्रुक पुगेको हो ।

मंगलबार लान्द्रुक पुगेको टोलीमध्ये प्रचारको एउटा टोली पर्यटकीय छोमरोङ गाऊँ पुगेको छ । बुधबार छोमरोङका मतदाताहरुमाझ टोलीले काँग्रेसको पक्षमा भोट माग्दै घरदैलो कार्यक्रम गर्ने जनाएको छ । त्यस्तै शुक्रराज शर्मा सहितको अर्को टोली भने घार्मीतर्फ चुनावी घरदैलोको लागि मंगलबारै पुगेको छ । टोलीले बुधबार त्यहाँ चुनावी घरदैलो कार्यक्रम गर्ने जनाएको छ ।

विकास र सम्बृद्धिको पक्षमा काँग्रेसको पक्षमा भोट माग्दै हिँडेका उम्मेदवार शुक्रराज शर्माले यो पटक चुनावमा जीत निश्चित भएको बताएका छन् । उनले आफूले जनतासँग गरेका सम्पूर्ण वाचाहरु पुरा गरेर छाड्ने समेत दोहो¥याए । यो पटक धेरै जनमत आफ्नो पक्षमा रहेको उनले सुनाए ।

प्रचार टोलीमा काँग्रेसका नेताहरु प्रकाश गुरुङ, आईबहादुर गुरुङ, लक्ष्मी गुरुङ, बाबुराम आचार्य, पोषनाथ शर्मा लगाएत रहेका छन् ।