मेकबहादुर पुन(मेजन) ले आफ्नो नयाँ किताब ‘धौलागिरिमा बसोबास गर्ने पुन समुदाय एक अध्ययन’ निःशुल्क वितरण गरेका छन् । म्याग्दीको दरबाङमा भएको मोना आइसिसीको दोस्रो महाधिवेशनका अवसरमा उनले ५० वटा किताब निःशुल्क वितरण गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाप्रमुख डमबहादुर पुन, धौलागिरी गाउँपालिका प्रमुख थमसरा पुन, र मालिका गाउँपालिका प्रमुख श्रीबहादुर रोका, र विभिन्न वडाका अध्यक्ष, मोना अधिवेशनमा आएका गायक गगन पुन, निता पुन, कुमार पुन लगायत ५० जनालाई उनले किताब बितरण गरेका हुन् ।
मगर समु्दायमा पढ्ने, लेख्ने चेतना अभिबृद्धिका लागि किताब वितरण गरिएको लेखक मेकबहादुर पुन मेजनले जानकारी दिए । करबाकेली सम्बन्धी सोधखोज गर्ने क्रममा धौलागिरिमा हिंडडुल गर्दा बुझेको समाज र केही बिश्लेषण गरि उनले किताब लेखेको हुन् ।
मगर समुदायमा किताब पढ्ने र किन्ने सँस्कार असाध्यै कम भएका बेला समुदायकैबारे लेखिएका किताबहरु किनेनर पढि लेखकलाई हौसला दिनुपर्नेमा उल्टै लेखकले निःशुल्क वितरण गर्नुलाई व्यङ््ग्यात्मक रुपमा लिइएको छ ।
विभिन्न १३ खण्डमा विभाजन गरि लेखिएको किताब ३ सय ३७ पेजको रहेको छ भने ३ सय २५ रुपैंया यसको मुल्य रहेको छ । लेखक मेजन फिल्म निर्देशक, लेखक, डकुमेन्ट्रि निर्देशक, अनुसन्धाता लगायत बहुमुखि प्रतिभाका धनी हुन् ।
मेजनले यसअघि ‘करबाकेली बाँच्न चहानेहरु’ ‘भावना’, ‘पुन मगर एक अध्ययन’, ‘राम्चे गाउँको एक चिनारी’ लगायत किताब लेखिसकेका छन् । यस्तै उनले ‘एजु’ ‘एजु–२’, ‘रैंयाँ’ फिल्मको लेखन तथा निर्देशन गरिसकेका छन् । उनले विभिन्न पत्रपत्रिकामा सम्पादकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
Leave a Reply