गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको फिल्म मुर्बै मुसारा (आकाशको तारा) को भिआइपी शो गरिएको छ ।
पोखराको भमरकोट पार्टी प्यालेसमा एक हजार र दुई हजारको टिकट काटेर थुपै्र व्यक्ति फिल्म हेर्न पुगेका थिए । गुरुङ जाति, परम्परा र संस्कृतिमा आधारित फिल्म मुर्बै मुसाराले सामाजिक कथावस्तु बोकेको छ । लमजुङको इलम पोखरी,भोटे ओडार,पर्वको भुक्का ताङ्ले र पोखराको सुन्दर ठाँउहरुमा फिल्म छायाँकन गरिएको छ ।
पच्चिस लाखको लगानीमा निमार्ण गरिएको फिल्ममा ‘म त तमुस्यो ,मुर्बै मुसारा ,सुपारी खान्न भन्थ्यौ ,लगायतका चार वटा गीतहरु समावेश गरिएको छ । चार गीत मध्ये दुई नेपाली भाषामा र दुइ वटा गुरुङ भाषामा तयार पारिएको छ ।
कृष्ण कुमार गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म भकारी फिल्मस् प्रोडोक्शनबाट निर्माण गरिएको हो । फिल्ममा कुशल गुरुङ ,सपना गुरुङ ,डिबि गुरुङ , युवराज गुरुङ ,राम बहादुर गुरुङ , कुमारी गुरुङ ,अमन गुरुङ ,बेली गुरुङ लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।
फिल्ममा लवशन गुरुङ,अमन गुरुङ र पवित्रा गुरुङको कोरियोग्राफी ,सन्तोष सारु मगरको द्धन्द्ध ,कृष्ण कुमार गुरुङको संगीत र प्रकाश गुरुङले छायाँङ्कन गरेका छन् । फिल्मलाई राम गुरुङ ,युवराज गुरुङ ,कुशाङ् गुरुङ र नर बहादुर गुरुङ (एन बि) ले निमार्ण गरेका हुन् ।
Leave a Reply