मुक्तकको सिद्धान्तमाथि मुक्तक मन्चमा छलफल

मुक्तक मन्च पोखराले मुक्तकको सिद्धान्तमाथि शनिबार पोखरामा छलफल गरेको छ । मन्चका सल्लाहकार तथा राष्ट्रिय मुक्तक पुरस्कारका संस्थापक विष्णु अल्पविरामले मुक्तकको सिद्धान्तबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए ।अल्पविरामले वैदिक कालदेखि नै विविध ढाँचा र शैलीका मुक्तक लेखिँदै आए पनि वर्तमान अवस्थामा चतुष्पदीय शैलीको मुक्तक नै लोकप्रिय बनेको जिकिर गर्नुभयो । मुक्तकलाई आयातित विधा भन्न नमिल्ने भन्दै उहाँले मुक्तकलाई पनि छुट्टै विधा मान्नुपर्ने राय व्यक्त गरे।
अवधारणा पत्रमाथि टिप्पणी राख्दै मन्चका सल्लाहकार रुपिन्द्र प्रभावीले मुक्तकको आकार चार हरफ नै भएको भन्दै तर चार हरफ हुनेबित्तिकै मुक्तक भन्न नहुने बताउनुभयो । उहाँले काव्य विधाको एक स्वतन्त्र अस्तित्व बोकेको विधा मुक्तक भएको जिकिर गर्दै सबै छोटा रचनालाई मुक्तक भनिने प्रवृत्तिको विरोध गर्नुभयो । हाइकु, ताङ्का, छोक, सेदोका आदिको आ–आफ्नै विधागत पहिचान भएको बताउँदै तिनीहरुको अस्तित्वलाई स्विकार गर्नेले मुक्तकको संरचनात्मक पहिचानलाई सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अझै पनि विधागत संरचना र सिद्धान्तमाथि बहस गर्नुपर्ने अवस्था रहन नहुने बताए ।

ø;

मुक्तक मन्चका उपाध्यक्ष प्रान्जलको अध्यक्षतामा भएको अन्तरव्रिmयामा प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष भीम रानाभाट, मन्चका पूर्व अध्यक्ष सन्जीव पौडेल, पिताम्बर गौतम, दीपक पराजुलीलगायतले टिप्पणी गर्नुभएको थियो । सोही अवसरमा साहित्यिक विव्रmम, मिर्मिसा पराजुली, भीम रानाभाट, सन्जीव पौडेल, वसन्त विवशलगायतले मुक्तक वाचन गरेका थिए ।
अजय अनमोलको सञ्चालन र रामजीप्रसाद आचार्यको स्वागतमा भएको कार्यव्रmममा केही समयका लागि अष्ट्रेलिया भ्रमणमा जान लाग्नुभएका अल्पविरामलाई बिदाइ पनि गरिएको थियो ।