मिस एसइइको फाइनल जेठ २७ गते पोखरामा

माध्यमिक शिक्षा परिक्षा (एसइइ) दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा तथा कलालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित “मिस एसइइ” का सहभागिहरुले विभिन्न तालिमहरु लिएका छन् ।ईभेन्टस फर यु प्रालिको आयोजना सारेगम इन्टरटेन्मेन्ट हाउसको सहकार्य तथा लायन्स क्लब अफ व्युटी सिटिको विशेष सहयोगमा आयोजित “मिस एसइइ” व्यक्तिलाई हरेक पक्षमा पर्खर बनाउनुपर्छ भन्ने उद्देश्यले अहिले चलिरहेको व्युटि प्रिजेन्ट भन्दा पृथक तरिकाले आयोजना गरिएको कार्यक्रम संयोजक सुरेनकुमार शुसिलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागि भएका छात्राहरुलाई आरजे, भिजे, ¥याम वाल्क, म्युजिक तथा डान्स , मोटिभेसनल, फोटोसेसन, वुमन इम्पावरमेन्ट क्लास, पोलिटिसियन लगायतका विषयमा प्रशिक्षण गराईसकिएको र केहि विधाका प्रशिक्षण जारी रहेको छ ।
मिस एसइइको फाइनल विजेताले नगद २० हजार रुपैयाँको साथमा सिल्भर क्राउन र २ लाख रुपैयाँ बराबरको उच्चशिक्षा प्राप्त गर्नेछिन् भने फस्ट रनरअफले नगद १५ हजार रुपैयाँ सहित उच्च शिक्षाको लागि छात्रवृत्तिको अवसर प्राप्त गर्नेछिन् । त्यसै गरी सेकेण्ड रनरअफले नगद १० हजारको रुपैयाँको साथमा अन्य पुरस्कार पनि प्राप्त गर्ने आयोजक विशाल गुरुङले जानकारी दिए । साथै यस प्रतियोगिताको विजेताले मिस ग्राण्ड नेपाल प्रतियोगितामा सिधै प्रवेश गर्न पाउनेछन् ।
फाईनल प्रतिस्पर्धा आगामी जेठ २७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ । मिस एसइइका सहभागिले विभिन्न चरण पार गरी १७ वटा स्कुलका १७ जना छात्राहरु फाईनलका लागि छनौट भएका हुन् ।
सारेगम इन्टरटेनमेन्ट हाउस २०६६ सालमा स्थापना भई पोखराको क्षेत्रमा कला र संस्कृतीको जर्गेना गर्ने काम गर्दै आएको संस्था हो ।