मिसेस गण्डकी नेपालको तालिम जारी

Today Pokhara
0Shares

छवि मगर
विवाहित महिलाहरुलाई मञ्च प्रदान गर्न र उनीहरुका अन्तरनीहित प्रतिभा प्रष्फुटन गर्न आयोजना गरिएको ‘मिसेस गण्डकी नेपाल’ को तालिम जारी छ ।
गोस्पेल मल्टिमिडिया प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा १५ जना प्रतिस्पर्धीले विभिन्न तालिमद्वारा आफूलाई निखारिरहेका छन् । प्रतियोगितामा सरकारी जागिरे, नर्स, व्यवसायीदेखी बैकिङ् क्षेत्रमा सहभागीसम्मले भाग लिएको गोस्पेल मल्टिमिडिया प्रालिका अध्यक्ष निरु पुनले जानकारी दिइन् ।प्रतियोगितको फाइनल पुष २७ गते हुनेछ ।
प्रतियोगितामा राजेश्वरी खत्री, विद्या श्रेष्ठ, बविना बरुवाल क्षेत्री, शोभा खड्का, जुना थापा, सिता गुरुङ, सरिता बरुवाल, पुष्पा गुरुङ, भावना महत, निलिम हिराचन श्रेष्ठ, विन्द्रा पौडेल, विष्णु श्रेष्ठ केसी र ज्ञानु तिवारीले तालिम लिइरहेका छन् । उनीहरुले प्रतियोगितामा सहभागीता जनाएपछि बोल्ने कला, वाकिङ कला मात्र नभइ मेकअसम्म सिकेको र आत्मविश्वास बढेका बताए ।
मिस नेपाल– २००० कि बिजेता उसा खड्गीले प्रतियोगिताको कोरियाग्राफी गरिरहेकी छिन् भने अहिलेसम्म प्रतियोगिले विभिन्न व्यक्तिबाट तालिम लिइसकेको प्रालिका उपाध्यक्ष प्रतिक ठकुरीले बताए ।
प्रतियोगिताको टाइटल बिजेताले स्कुटर, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् । म्यानेजिङ डाइरेक्टर बिशाल गुरुङका अनुसार फस्ट रनरअपले ३०
हजार रुपैंयाँ, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् भने सेकेन्ड रनरअपले २० हजार रुपैंया, क्राउन, प्रमाणपत्र र अन्य गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछिन् । यस्तै प्रतियोगितामा मोस्ट ट्यालेन्ट, पर्सनालिटी, बेस्ट स्किन, बेस्ट हेयर, बेस्ट स्माइल, फोटोजेनिक, पपुलर विधामा पनि पुरस्कार दिइने प्रालिका अध्यक्ष निरु पुनले बताइन् । प्रतियोगिताको अफिसियल मिडियामा उदिम मिlडयाद्धारा संचालित पोखराप्लस डटकम रहेको छ ।