जुना थापा ।
मिसेस गण्डकीका प्रतियोगीहरुले शनिबार आआफ्नो प्रतिभा प्रर्दशन गरेका छन् ।
द कुटी रिसोर्ट लेकसाइडमा भएको कार्यक्रममा १४ जना प्रतियोगीले गायन, नृत्य, नाटक,कविता, चित्रकला,ह्याण्डीक्राफ्टलागायतका प्रतिभा प्रस्तुत गरे । प्रतियोगितामा व्यवसाय, नर्सिड, शिक्षण,गृहिणी, सरकारी कर्मचारी, विद्यार्थीलगायतका क्षेत्रका विवाहित महिलाहरुको सहभागिता रहेको छ । पश्चिमान्चलमै पहिलोपटक हुन लागेको मिसेस गण्डकीको कोरियोग्राफी सन् २००० की मिस नेपाल उषा खड्गीले गरेकी छिन् ।
विभिन्न प्रतिभामध्ये सबैभन्दा उत्कृष्ट प्रतिभालाई फिनालेमा मोस्ट ट्यालेन्टेडको अवार्ड दिइने आयोजक गोस्पेल मल्टिमिडिया प्रालिका अध्यक्ष निरु पुनले जानकारी दिइन्।
गोस्पेल मल्टिमिडियाद्वारा आयोजित प्रतियोगिताको ग्राण्ड फिनाले यहि पुस २७ गते बुधबार ओजोन लाउन्जबार लेकसाइमा हुनेछ ।
Leave a Reply