माया र रामजीको तीज गीत “नकचरो पोई”

0Shares

गायिका माया गुरुङ र गायक रामजी पौडेलको स्वरमा रहेको तीज गीतको भिडियो “नकचरो पोई” सार्वजनिक भएको छ। अर्जुन बास्तोलाले यो भिडियो ल्याएका हुन् । भिडियोमा गाँउले जनजीवनलाइ प्रस्तुत गर्दै गरिबीका कारण लोग्ने प्रदेशिने र घरमा श्रीमतिले कमाईको सहि सदुपयोग नगर्दा उत्पन्न कथालाई देखाइएको छ ।

माया गुरुङ र रामजी पौडेलको शब्द रहेको गीतको लय सिर्जना रामजीकै रहेको छ । तारानाथ आचार्यले संगीत संयोजन गरेको गीत डिजिटल स्टार प्रा।लि।मा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोमा हाँस्यकलाकार राजेन्द्र नेपाली ९लट्टे० संगै सिमा नेपाली, सबिन गुरुङ र नीतु गुरुङको अभिनय देख्न पाइन्छ । होम गुरुङले निर्देशन गरेको गीतको छायांकन अर्जुन बाँस्तोलाले गरेका हुन् ।

गीत अर्जुन बास्तोलाको आफ्नै युटुब च्यानल मेरो नेपालबाट सार्बजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *