कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोक भलावोटमा श्रीरामनवमीको पावन अवसरमा वुधवार खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय श्रीराममन्दिर व्यवस्थापन समितिले आयोजना गरेको माछापुच्छ«े गाउँपालिका स्तरिय प्रतियोगितामा शिवशक्ति भजन समुह लाहाचोकले प्रथम स्थान हासिल गरि नगद ५ हजार रुपैया पुरस्कार प्राप्त ग¥यो । त्यसैगरि द्धितिय राममन्दीर भजन समुह भलावोटले नगद ३ हजार र तृतिय भएको स्याल्पे आमा समुहले नगद २ हजार प्राप्त गरेका छन् ।
पछिल्लो समय मौलिक भजन तथा गित संस्कृति लोप हुँदै गएको र यसको संरक्षण र सम्वद्र्धन गर्ने हेतुले पहिलोपटक कार्यक्रम आयोजना गरिएको श्रीराममन्दिर व्यवस्थापन समितिका अध्यक्ष वेदनिधी दवाडीले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा कविहरु टेकनाथ पिडित पोखरेल, छविलाल आचार्य र भजन चुड्का समुहका जिल्ला अध्यक्ष भरतचन्द्र गौतम रहेका थिए । कार्यक्रममा मन्दिर स्थापना र यसको संरक्षणमा विशेष योगदान गरेकोमा तुलसी पौडेललाई दोसल्लावाट सम्मान गरिएको थियो । व्यवस्थापन समितिका अध्यक्ष वेदनिधी दवाडीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकाशमोहन पोखरेलले गरेका थिए ।
Leave a Reply