माघेँ संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न

Today Pokhara
0Shares

माघेँ संक्रान्तिको अवसरमा नेपाल मगर संघ कास्कीको आयोजना शुभकामना आदानप्रदान कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले मगर समुदायको मौलिक संस्कृतिहरुको संरक्षण मगर समुदाय आफैले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मगर संस्कार संस्कृतिलाई राष्ट्रिय मूलप्रवाहमा समेटिनुपर्ने बताउनुभयो ।कार्यक्रममा आदिवासी जनजाति महासंघ समन्वय परिषद्का अध्यक्ष पानबहादुर घर्तीले पनि बोलकोे थिए ।

उक्त अवसरमा रामबजार, दिपबगर, नयाँबजार, माटेपानी लगायतका मगर संघ ईकाइ समितिका कालाकारहरुले साँस्कृतिक प्रस्तुती राखेका थिए । नेपाल मगर संघ साँस्कृति समितिका कलाकारहरुले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा हाँस्य कलाकार दिपक थापाको बेजोड प्रस्तुती रहेको थियो ।

कार्यक्रममा पितत्तृहरुलाई पानी चढाएर मगर समुदायको दिजाके पूजा गरिएको थियो भने लखन थापा लगायतका सहिदहरुको योगदानको स्मरण गरिएको थियो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव संगीता पुनले गर्नुभएको थियो भने सञ्चालन सचिव यामबहादुर थापामगरले गरेका थिए ।