माग्ने बुढाको जोडीले हँसाए, सिवाकोटीले नचाए

 

 

बाँकेको नेपालगञ्जमा जारी प्रादेशिक महोत्सवमा माग्ने बुढाले दर्शकहरुलाई हाँसाएका छन । माग्ने बुढाको भुमिकाबाट चर्चित हाँस्यकलार केदार घिमिरेले हाँस्यब्याङ्ग्यसँगै समसामयीक विषयवस्तुमाथी चोटिलो प्रहार गरेका थिए । माग्नेबुढालाई हाँस्यकलाकार सितादेबी तिमल्सीनाले साथ दिएकी थिईन । घिमिरे र तिमल्सीनाको जोडीले बाँकेबासीहरुलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाएका थिए ।
त्यसैगरी चर्चित गायक राजनराज सिवाकोटीले आप्mना चर्चित गितहरु गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कुटुमा कुटु गितबाट चर्चा कमाएका सिवाकोटीले सुर्के थैली खै, चिरविरचिरविर चाँचरी जीस्ता चर्चीत गितहरु गाएका थिए । त्यसैगरी देउडा गायक सज्जन धामीले समेत रामाईलो प्रस्तुती दिएका थिए ।
११ देखि २२ गतेसम्म नेपालगञ्जस्थित सडक डिभिजन परिसरमा संचालन हुने महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टलका अलावा ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका
छन । ५ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको छ ।