‘माइन्ड डिभाइस’बाट समातिन्छन् कालोसूचीका पर्यटक

‘माइन्ड डिभाइस’बाट समातिन्छन् कालोसूचीका पर्यटक
0Shares

 

इन्टरपोल नेपाल र इन्टरपोल हेटक्वाटर सिंगापुरको आयोजनामा १ दिने तालिम चालिरहेको थियो । तालिममा अवैध तथा फर्जी ट्राभल डकुमेन्टको प्रयोग गरी यात्रा गर्नेलाई निरुत्साहित गर्न प्रयोग गरिने माइन्ड डिभाइसको जानकारी गराइँदै थियो ।
माइन्ड डिभाइसको प्रयोगले अन्तर्राष्ट्रिय आपराधिक गतिविधिलाई रोक्ने भन्दै पोखरामा पनि यसको प्रयोग गरिने इन्टरपोल नेपाल शाखा प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिँदै थिइन् ।
त्यत्तिकैमा माइन्डको प्रयोग गरियो । नभन्दै बिहीबार पोखरामा एकजना कालोसूचीका पर्यटक फेला परिहाले । ‘तालिममा देखाउन प्रयोग गरेका थियौं, ठ्याक्कै पोखरामा एकजना कालोसूचीका पर्यटक भेटिए,’ उनले भनिन्, ‘त्यो डिमाइसले काम गरिहाल्यो ।’
इन्टरनेटबिना नै माइन्ड डिभाइसको प्रयोग गर्ने सकिने एसपी बज्राचार्यले बताइन् । ‘इन्टरपोलद्वारा आफ्ना सदस्य राष्ट्रहरुमा आतंककारीहरु तथा अन्य कुख्यात अपराधीहरुद्वारा अवैध तथा फर्जी ट्राभल डकुमेन्टको प्रयोग गरी यात्रा गर्ने सम्भाव्यतालाई निरुत्साहित गरी सीमालाई सुरक्षित बनाउन सिर्जना गरिएको डाटाबेश नै माइन्ड हो,’ उनले भनिन्, ‘यसले हराएका, चोरिएका ट्राभल डकुमेन्ट जस्तै परिचय खुल्ने कागजात, पासपोर्ट, भिसा वा प्रशासनिक कागजातहरुको दुरुपयोगलाई रोक्ने गर्ने काम गर्छ ।’
इन्टरपोल नेपाल र इन्टरपोल हेटक्वाटर सिंगापुरको आयोजनामा एक दिने तालिम समापन कार्यक्रममा बोल्दै एसपी बज्राचार्यले माइन्ड डिभाइस निकै महत्वपूर्ण रहेको जानकारी दिइन् । नेपाल प्रहरीका १२ जना र अध्यागमन विभागका ५ जनालाई मोबाइल इन्टरपोल, नेटवर्किङ डाटाबेस डिभाइस ९ माइन्ड डिभाइस ० सम्बन्धी जानकारी गराइएको हो ।
आतंककारीलाई मध्यनजर गरेर बनाइएको डिभासले सबै अपराधीको गतिविधि निगरानी गर्ने एसपी बज्राचार्यले बताइन् । ‘सन् २००१ मा अमेरिकाको ट्विन टावरमा आक्रमण भएपछि अमेरिकाले यो डिभाइस सन २००२ मा बनाएको हो,’ उनले भनिन्, ‘त्यसपछि अहिले इन्टरपोलमा आवद्ध राष्ट्रहरुमा यसको प्रयोग हुँदै आएको छ ।’
इन्टरपोलमा १ सय ९२ वटा राष्ट्रको प्रहरीहरुको सभागिता रहेको उनले बताइन् । सन् २०१४ सालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडांैमा मात्र यस डिभाइसको प्रयोगमा आएको उनले बताइन् । ‘अहिले विशेष गरी सीमा क्षेत्र र केही महत्वपूर्ण ठाउँमा डिभाइस प्रयोग गरिने छ,’ उनले भने, ‘अहिले ६ वटा ठाउँमा प्रयोगमा आउने छ अन्य ठाँउमा पछि थप्ने छांै ।’

उनका अनुसार अध्यागमन विभाग, कालिका स्थान, काठमाडांै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, अध्यागमन कार्यालय पर्सा वीरगन्ज, अध्यागमन कार्यालय भैरहवा रुपन्देही, अध्यागमन कार्यालय रसुवा, रसुवागढी र अध्यागमन कार्यालय पोखरामा ती डिभाइस प्रयोग गरिने र अध्यागमन कार्यालय कोदारी, अध्यागमन कार्यालय नेपालगंज, अध्यागमन कार्यालय धनगढी र अध्यागमन कार्यालय कञ्चजपुरमा पछि गरिने उनले बताइन् ।
कार्यक्रममा प्रदेश नम्बर ४ प्रहरी प्रमुख तथा एआइजी कमलसिंह बमले इन्टरपोलको तालिमले अन्तर्राष्ट्रिय अपराधिक गतिविधि रोक्न ठूलो भूमिका खेल्ने विश्वास गरे । ‘पहिला इन्टरपोलले अन्तर्राष्ट्रिय अपराधिको तथ्यांक र गतिविधि निगरानी गर्न गाह्रो भएको थियो,’ उनले भने, ‘माइन्ड डिभाइसले अन्तर्राष्ट्रिय अपराधिक गतिविधि निगरानी गर्न सजिलो हुनेछ ।’

समाधान राष्ट्रिय दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *