महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

टुडे पोखरा संवाददाता
SONY DSC
0Shares

 

बाँकेको नेपालगन्जमा संचालित प्रादेशिक महोत्सवमा निःशुल्क आँखा जाच्ने ब्यवस्था मिलाईएको छ । महोत्सव परिसरभित्र निःशुल्क आँखा शिविर संचालन गरी महोत्सवमा सहभागी हुन आउने दर्शकहरुलाई सेवा प्रदान गरीदै आएको छ । महोत्सव संचालन भएयता १०० बढिले निःशुल्क सेवाको लाभ लिईसकेका छन । महोत्सव आयोजकसँगको समन्वयमा फत्तेबाल आँखा अस्पताल शिविर संचालन गर्दै आएको छ ।
महोत्सवमा आँखा जाँचको अलावा निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरीएको महोत्सव सचिवालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क शिविर संचालन गर्दै आएको छ ।