महिला उद्यमी तथा सञ्चारकर्मी मीना गुरुङलाई सम्मान

Today Pokhara
0Shares

छबि मगर
पोखरा, mina-grg असोज

महिला उद्यमी तथा सञ्चारकर्मी मीना गुरुङलाई शनिबार पोखरामा भव्यरुपमा सम्मान गरिएको छ ।
लामो समयदेखि व्युटिशियन क्षेत्रमा आवद्ध उनलाई महिला सशक्तिकरणमा सहयोग पु¥याएकोमा सेभेन हर्ट इन्टरटेनमेन्ट भ्याली स्टार सिजन टुको अवसरमा सम्मान गरिएको हो ।

पोखरा उद्योग वाणिज्य संघमा भएको समारोहमा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, संस्थाका सञ्चालक लक्ष्मण छन्त्याल लगायतले फूलमाला, दोसल्ला सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
हङकङ व्युटि इन्स्टिच्युट प्रालि महेन्द्रपुलकी सञ्चालक गुरुङ जिफन्ट गण्डकी–धौलागिरीकी अध्यक्षसमेत हुन् । तमु संचारकर्मी संघकी केन्द्रीय अध्यक्ष उनी पत्रकार महासंघ कास्कीकी कार्यसमिति सदस्य हुन् । महिलाहरुलाई लामो समयदेखि व्युटिसियन तालिम दिँदै उनले महिला सशक्तिकरणमा सहयोग गर्दैआएकी छन् । नेपालमा व्युटिशियन पेशा यो रफतारमा आइपुग्नुमा उनको ठूलो योग्दान रहेकोले सम्मान गरीको संस्थाका सञ्चालक लक्ष्मण छन्त्याल ।