विश्वमा सुख, शान्ति एवं भाइचारा स्थापना गर्ने उद्देश्य सहित महाशिवरात्रीको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको क्षेत्रीय कार्यालय नयाँबजारको प्राङ्गणमा मंगलबार शिवध्वजारोहण एवं स्न्हमिलन कार्यक्रम एवं शिवरथयात्रा सहित एक विशाल शोभायात्रा आयोजना गरियो ।
कार्यक्रमको उद्घाटन गर्दैं अतिरिक्त प्रहरी महानिरीक्षक कमल सिंह बमले हरेक क्षेत्रमा आक्रान्त रहेको वर्तमान विश्व परिवेशमा यस संस्थाले अहोरात्र खटिएर सत्य र नैतिक ज्ञान समाजलाइ दिदै सहि दिशातर्फ उन्मुख गराउने कार्यमा समर्पित रहेको कुरा बताए ।
सभाध्यक्षता ग्रहण गर्नुभएकी ब्रह्माकुमारीज रामबजारकी प्रमुख राजायोगिनी ब्रह्माकुमारी गोमा दिदीले उक्त कार्यक्रमको उद्घाटन गर्ने क्रममा भनिन् –“सर्व मानव आत्माहरुका परमपिता, संसारको सर्वोच्च सत्ता शिव परमात्माको वर्तमान धर्मको अती ग्लानीको समयमा आगमन भईसकेको छ र उहाँले यस धरामा प्रजापिता ब्रह्माको ललाटबाट प्रकट भएर ज्ञान र योगबाट यो समाज र विश्वलाई सुखमय बनाउने महाअभीयान गरिरहनुभएको छ । ”
कार्यक्रममा कास्की जील्लाका प्रहरी प्रमुख श्री अशोक सिंह, सशस्त्र प्रहरी कालिका गणका डिएस्पी गौतम कुँवर, शिक्षविद् गणेश बहादुर गुरुङ्ग, नेपाल र्अबुद रोग निवारण संस्थाका अध्यक्ष रामचन्द्र थापा, सचिव नारायण पराजुली, ब्रहमाकुमारीज लामाचौरकी प्रमुख बिष्णु दिदी तथा ब्रहमाकुमारीजका अन्य विविध शाखाका संचालीकाहरु लगायत विविध क्षेत्रका शहरका गणमान्य व्यक्तित्वहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।
स्वागत मन्तव्य व्यक्त गर्दै ब्रहमाकुमारी रमा दिदीले भन्नुभयो –“आज दिनप्रतिदिन प्रकृति पनि तमोप्रधान हुँदै गईरहेको छ जसको मुख्य कारण हाम्रो मनमा व्याप्त विकृतिहरु नै हुन् । हाम्रो हर संकल्पको प्रभाव प्रकृतिमाथि पर्छ । त्यसैले यो अत्यावश्यक छ कि हाम्रो मनमा सधै स्वच्छ संकल्प मात्रै चलिरहून् । जीवनमा आध्यात्मिक पहलुलाई बढाउनको लागि राजयोग मेडिटेसनलाई जीवनमा अपनाउनु पर्ने हुन्छ । यसको लागि हामीलाई ईश्वरीय ज्ञान र सत्य ज्ञानको आवश्यकता हुन्छ जुन कि हामीलाई परमात्मा बाट नै मिल्न सक्छ । यदि हामीले शिवरात्रीको महत्वलाई बुझ्यौं भने समाजबाट विषमता टाढा गर्न सकिन्छ ।”
सो अवसरमा परमात्मा शिव र शिवरात्रीको आध्यात्मिक रहस्य झल्काउने चित्रहरु, ब्यानरहरु प्रर्दशन गरिएको थियोे । सो शोभायात्रामा ब्रह्माकुमारी ईश्वरीय ईश्वरीय विश्व विद्यालय पोखरा एवं आसपासका शाखा उपशाखा एवं इकाई शाखाहरुबाट करिब ५०० व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मंगलबार संचालित भव्य शोभा यात्रा संस्थाको क्षेत्रीय कार्यालय नयाँबजारबाट सुरु भई पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल हुँदै पुन संस्थाको कार्यालयमा आई एक संगठित विश्व शान्ति योग भट्टिमा परिणत भएर समापन भएको थियो ।
मंगलबार बिहानमा पनी नयाँबजार क्षेत्रीय कार्यालयको राजयोग सभाहलमा शिवरात्री शुभकामना आदान प्रदान र प्रवचन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै प्रदेश सभा क्षेत्र न. २का सभासद माननीय कृष्ण थापा ज्यूले यस संस्थामा दिइने अद्धितीय ज्ञान योगको शिक्षाले अवश्य नेपाललाई संसारको सबैभन्दा शान्त र नैतिकवान क्षेत्र बनाउँछ भन्ने कुरामा आफु विश्वस्त रहेको कुरा बताउनुभएको थियो । त्यसैगरी बागलुङ्बाट ने क पा एमालेका सभासद माननीय सावित्री राना ज्यू, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव सरदचन्द्र श्रेष्ठ, वरिष्ठ डाक्टर निरज दुबेले पनि शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष भक्तराज श्रेष्ठ लगायतका टिमले श्री भिमबहादुर पौडेलको आमाबुवाको स्मृती दिवस पारेर अक्षयकोष ईश्वरीय विश्व विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
यसरी नै विश्वव्यापी रुपमा परमात्मा शिव भगवान परमधामबाट यस धर्तीमा अवतरण हुनुभएको यादगार पर्व ८२ औं त्रिमूर्ति शिवजयन्ती १४० राष्ट्रका ब्रह्माकुमारीजका शाखाहरुमा भव्य रुपले महोत्सवका रुपमा मनाइरहेको जानकारी संस्थाका सहसञ्चालिकाले दिएका छन् ।
Leave a Reply