मन्दिर उद्घाटन

टुडे पोखरा संवाददाता
0Shares

 

 

पोखरा लेखनाथ महानगरपालिका वडा नंं १७ मा रहेको पोखरा बृद्धाश्रम परिसरमा निर्मित सर्बशक्ति स्वरुप मन्दिरको यही माघ २२ गते उद्घाटन गरिएको छ । सोमबार राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा.सुनिलबाबु श्रेष्ठले एक कार्यक्रमका वीच मन्दिरको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बृद्धाश्रमले ज्येष्ठ नागरिकको संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । वहाँले योजना आयोगका तर्फबाट आश्रमका लागि सम्भव भएसम्मका सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्दिरको प्राण प्रतिष्ठा, रुद्री, हवन, सामुहिक बर्तबन्ध, र चौरासी पुजा लगायतका कार्यक्रम सम्पन्न गरिएको पोखरा बृद्धाश्रमका प्रमुख संरक्षक बसन्तकेशव पराजुलीले जानकारी दिनुभयो ।

बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको धार्मिक मनोभावनालाई कदर गर्दै बृद्धाश्रम परिसरमा मन्दिर निर्माण गरिएको मुख्य संरक्षक पराजुलीले जानकारी दिनुभयो ।

मन्दिरमा शिव पार्वती, विष्णु, गणेश, बुद्ध, पशुपति, सरस्वती, कृष्णजी भगवानको मुर्ति राखिएको छ । कार्यक्रमका अवसरमा मन्दिर निर्माणका लागि सहयोग गर्ने भारत दिल्लीका केके दत्त, पोखरा इन्जिनियरिङ क्याम्पसका प्रमुख लेखबहादुर गुरुङ सहित ५० भन्दा बढी दाताका साथै उत्कृष्ठ कर्मचारी सीता पौडेललाई सम्मान गरिएको थियो ।