‘मनको बाँवरी’ पब्लिक शो असार १० गते

‘औँसिमा जन्मिएका युवतीलाई विवाह गर्दा अपसगुन हुन्छ’ भन्ने कुरिति अहिलेपनि समाजमा ब्याप्त छ । अझै पनि यस्ता युवतीहरु विवाह नगरि बस्न बाध्य छन् । विवाह भैहाले पनि समाजबाट उनीहरुलाई तिरस्कार गर्ने प्रचलन छ । यहि कुरितिमाथि प्रहार गर्दै बनेको फिल्मको नाम हो, ‘मनको बाँवरी’ ।
पछिल्लो समय ‘पुरानो डुंगा’को ‘भक्ते’ चरित्रबाट चर्चा पाईरहेका फिल्मकर्मी माओत्से गुरुङको निर्देशनमा बनेको मनको बाँवरी’ फिल्मको शनिबार पोखराको रामबजारस्थित भमरकोट पार्टी प्यालेसमा भिआइपी शो गरियो । भिआइपी शो हेर्न गएका दर्शकले फिल्म असाध्यै राम्रो बनेको प्रतिक्रिया दिएका थिए । फिल्ममा कलाकारहरुको जीवन्त अभिनय रहेको साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ को प्रतिक्रिया थियो ।
फिल्म हेरिसकेपछि कलाकार तथा गायक एनजे सागरले फिल्ममा सबै कलाकारको अभियन उत्कृष्ट रहे पनि डिबी गुरुङ (सत्य)को अभिनयले मन जितेको सुनाए । फिल्मको पब्लिक शो असार १० गते पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनमा हुने भएको छ । दुई शो हुने प्रर्दशन बिहान ११ः३० र दिउँसो २ः३० बजे हुने कलाकार डिबी गुरुङले बताए ।
फिल्म हेर्न पुगेका डेबिट घर्तीमगरले फिल्मको कथा, संवाद, गीत संगीत सबै पक्ष उत्कृष्ट र कुसँस्कारलाई फिल्मले चिरफार गरेकाले सबैले हेर्ने पर्ने मनको बाँबरी बनेको प्रतिक्रिया दिए ।
माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक माओत्से गुरुङले भिआइपी शोबाट दर्शकले दिएको प्रतिक्रियाबाट आफू हौसिएको सुनाए । स्याङ्जा जिल्लाको पेल्काचौर गाविसमा आसपास फिल्मको छायाङ्ँकन भएको हो । फिल्ममा गमन घले, धर्मराज गुरुङ, राज गुरुङ, एन्जर्स गुरुङ, सुरेश सुनुवाार, एनबी गुरुङ, सीता गुरुङ, रुपा क्षेत्री, सोनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मलाई हरि घले लामाले खिचेका हुन भनेसरुन गुरुङ, कृष्णकुमार गुरुङ लगाएतका संगीतकार रहने फिल्ममा लबसन गुरुङले कोरियोग्राफि गरेका छन् ।

फिल्ममा राजु गुरुङ, शर्मिला गुरुङ, सरुन गुरुङ, रोश्नी गुरुङ, निशा गुरुङको स्वर छ । फिल्म हेमन्त गुरुङ र एन्जर्स गुरुङको सँयुक्त लगानीमा निर्माण हुन भएको हो ।