मनकामना डान्स आइडको अडिसन सुरु

Today Pokhara
0Shares

छबि मगर
पोखरा ,१६असोज

img_0953मनकामना डान्स आइडल सिजन–२’ अडिसन पोखराबाट सुरु भएको छ । स्याङ्जाको मनकामनास्थित मितेरी युवा कल्बले कला सँस्कृतीको जगेर्ना, नव प्रतिभाको खोजी, प्रतिभाको सम्मान र प्रतियोगीको पहिचान गर्ने उद्देश्यले सुरु गरेको प्रतियोगिताको पोखरा अडिसनबाट ४ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् । अडिसनबाट एलिसा गुरुङ, जुनु गुरुङ, स्मृती गुरुङ, आशिका गुरुङ छनोट भएको निर्णायकका संयोजक गोरे गुरुङ्गले बताए ।

विभिन्न ठाउँमा अडिसन लिएपछि अन्तिम अडिसन असोज २८ गते कुसुम भञ्ज्याङ स्याङ्जामा हुने क्लdane-1-1बका अध्यक्ष ङान गुरुङले बताए । उनले फाइनल प्रतिस्पर्धा मनकामना डाँडामा असोज २९ र ३० गते हुनेछ । प्रतियोगितामा व्यक्तिगत तथा संस्थागत भाग लिन पाइनेछ तर सामुहिक नभइ एकल÷एकल हुनुपर्नेछ । आवेदन फारम शुल्क २ सय तिरेर अडिसन लिइने प्रतियोगिताको टाइटल बिजेताले २० हजार रुपैंया पुरस्कारका साथै, ट्रफी र प्रमाणपत्रका हङकङको साँगितिक भ्रमण गर्ने अवसार पाउनेछ ।

दोस्रो हुनेले, १२ हजार, प्रमाणपत्र तथा तेस्रो हुनेले ८ हजार, प्रमाणपत्र पुरस्कार पाउनेछ भने सान्त्वना पुरस्कार आकर्षक गिफ्ट ह्याम्पर तथा प्रमाणपत्र रहेको क्लबका कोषाध्यक्ष देबराज गुरुङले बताए । तीनै जना विजेतालाई ६ महिनाको विधागत निःशुल्क नृत्य तालिमका साथै म्युजिक भिडियो र चलचित्रमा खेल्ने अबसर दिइनेछ । प्रतियोगिताको मुल आयोजक समिती मनकामना मितेरी युवा क्लव, आयोजक लालिगुराँस आमा समूह सहआयोजक मनकामना मन्दिर व्यवस्थापन समिति रहेको छ । यस्तै अफिसियल मिडिया उदिम मिडियाद्धारा सञ्चालित पोखराप्लस डट कम रहेको छ ।