मगर साँगीतिक कथा सोरठीमाथि बहस

छवि मगर
पोखरा ५ मंसिर ।
मगर समाजभित्र विविध संस्कार, संस्कृतिहरु जीवित छ । मगर समाजसँग सम्बन्धीत रहेर विविध पक्षबारे छलफल गर्न कात्तिक महिनादेखि पोखरामा बहस श्रृङखला शुरु गरिएको छ । अघिल्लो महिना भेजा, कचहरीमाथि बनेको छोटो डकुमेन्ट्री प्रदर्शन गरि छलफल गरिएको थियो ।
दोस्रो श्रृङ्खलामा अन्तराष्ट्रिय पुरस्कार पाएको मगर साँगीतिक कथामा आधारित ‘सोरठी’ डकुमेन्ट्रीबारे पोखरामा बहस चलाइएको छ । हिमाल पुनमगरले निर्देशन गरेको डकुमेन्ट्री ‘सोरठी’ प्रर्दशन गरेपछि यसबारे बहस चलाइएको हो ।
उदिम मिडिया प्रालिको व्यवस्थापन र मगर चलचित्रकर्मी संघका उपाध्यक्ष मेजन पुनमगरको अगुवाइमा पोखराको न्युरोड स्थित ईस्माईल क्याफे एण्ड रेष्टुरेन्टमा शनिबार बहस गरिएको थियो ।

sorati1
डकुन्मेन्ट्री हेरेपछि चर्चित किताब ‘भर्तीको फन्दा’का लेखक, अनुसन्धाता एवं पत्रकार मनोज घर्तीमगरले डुकमेन्ट्रीमा सोरठी मगरकै हो भन्ने आधार नभेटिएको बताए । ‘डकुमेन्ट्रीमा मगरको सांगीतक कथा सोरठी भनिएको छ, तर यो मगरकै हो भनेर प्रमाणित गर्ने कुरा न क्यारेक्टरले भनेको छ, न भिजुअलमा त्यस्तो केही देखिन्छ । त्यसैले पहिलो पटक हेर्नेलाई अन्यौल बनाउँछ ।’ उनले भने ।
पत्रकार घर्तीमगरले डकुमेन्ट्रीमा राम्रो विषयवस्तुको उठान गरिएकाले यसलाई पूर्ण बनाउन अझै अनुसन्धान गर्नुपर्ने र त्यसमा चाहिने केही स्रोतहरु राख्न सुझाव दिए ।
कलाकार जय पुनले सोरठी विभिन्न समुदायले नाच्ने भए पनि सोरठी मगर समुदायकै नाच भएकाले यसलाई बाचाइ राख्न जरुरी रहेको बताए ।
sorati3सोरठीबारे जानकार यमबहादुर पुर्जाले मगर समुदायको सोरठीलाई ऐतिहासिक खोज गर्ने, मौखिक रुपमा यसको कथा अझै पनि भनिदै आएको र व्यवहारिक रुपमा पनि बढी मगर समुदायमा सोरठी नाचिने भएकाले मगरको हो भन्नेमा विवाद नरहेको बताए ।
डकुमेन्ट्री निर्देशक हिमाल पुनमगरले डकुमेन्ट्रीलाई अझ परिमार्जित गरि केही लामो बनाउने योजना रहेको सुनाए ।
फिल्मर्की मेजन पुनका अनुसार सोरठी गीत एउटा ऐतिहासिक कथा बस्तुलाई गीतको भाकामा ढालेर गाउने गरिन्छ । यो मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा मौखिक हस्तान्तरण हुँदै आइरहेको छ ।
यस गीतको कथाको मुल विषय बस्तु एउटै भएतापनि गाउने तरिका, हाँगा र शब्दहरू ठाउँ अनुसार फरक फरक ९आफ्नै प्रकारको० पाइएको छ । सोरठीको १६ हाँगा भन्ने भनाई पनि पाइन्छ । नेपालको विविध संस्कृतिहरू मध्ये सोरठी÷मादले मारुनी÷पुख्र्यौली नाच पनि एक हो । यसलाई नाचलाई गाउँ र स्थानीय चलन अनुसार विभिन्न रूपमा नामाकरण गरिएको छ ।
उदाहरणको लागि कतै ‘ठूलो नाच, कतै ‘सोरठी, कतै ‘ख्याली, कतै पूख्र्यौली त कतै ‘नचरी भन्ने गरेको पाइन्छ । यो नाच नाच्ने क्रममा पुरूषको मात्र आवश्यक पर्छ । यसमा केटीहरू नाच्ने चलन छैन । दुई जनादेखि चार जना ९ठाउँ अनुसार० सम्म कुनै केटा मानिस ९विशेष गरी तन्नेरी० लाई केटीको पहिरन ९चोला, गुन्यु, पटुका, घल्याक, पछ्यौरा, माला, हातमा रैया ९चाँदीको बाला० लगाई केटी बनाईन्छ । उनीहरूलाई नाचको अवधिभरि “मारुनी” भनेर बोलाइने चलन छ ।
तेस्रो श्रृ्ङखला पुष महिनाको पहिलो शनिबार मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्ति बारे सम्बन्धीत विद्धानलाई बोलाउने तथा उदिम मिडिया प्रालिका निर्देशक छवि मगरद्धारा निर्देशित ‘माह्इत्यार’ डकुमेन्ट्री पनि प्रदर्शन गरिनेछ । कार्यक्रमको सहजीकरण मेजन पुनले गरेका थिए ।
तस्वीर : फरेन्द्र थापामगर