मगर संघ युकेको अध्यक्षमा अनिता रानामगरको उमेदवारी घोषणा

1Shares

उनले अहिलेसम्म मगर संघ युकेमा महिला अध्यक्ष भएर कसैले काम गर्ने अवसर नपाएकाले यो उचित समय भएकाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको सुनाइन् । ‘नेत्तृत्व सँधै पुरुषले मात्रै गर्नुुपर्छ भन्ने छैन । महिलालाई पनि अवसर दिनुपर्छ’ उनले भनिन्‘मलाई विश्वास छ, महिला अध्यक्ष बनाउने यो अवसरलाई युकेवासी मगरले खेर जान दिने छैनन् ।’

मगर संघ युकेको छैटौं अधिवेशनमा अनिता रानामगरले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । समाजसेवी रानामगरले मार्च २ मा फार्नबोरोमा सम्पन्न कार्यसमितीको बैठकमा अध्यक्ष पदमा रहेर काम गर्ने इच्छा रहेको भन्दै औपचारिक रुपमा पहिलो पटक आफ्नो दाबेदरी प्रस्तुत गरेकी हुन् । मगर संघ युकेको छैटौं अधिवेशन आगमी ६ अप्रीलमा सम्पन्न हुँदैछ ।

उमेदवारी घोषणाका बेला अनिताले यसअघि मगर संघ युके स्विन्डन शाखाको उपाध्यक्ष र मगर संघ यूकेको सांस्कृतिक बिभाग सचिव रहेर संस्थाको सेवा गरेको स्मरण गराउँदै संघको अध्यक्षतमा काम गर्ने अवसर दिन सबैसँग आग्रह गरेकी थिइन् । ‘उपाध्यक्षा भइसकेकाले रोलक्रमले पनि हुने अध्यक्ष नै हो, त्यसैले अध्यक्षा भएर काम गर्ने योजना अनुसार उमेदवारी प्रस्तुत गरेकी हुँ’ अनिताले युकेबाट म्यासेन्जरमा कुरा गर्दै भनिन्,‘म अध्यक्ष भएर युके भरि छरिएर रहेका मगरलाई गोलबद्ध गराउनेछु ।’

तीन बर्ष अघि मगर संघ यूकेको उपाध्यक्षको जिम्मेवारी सम्हालेकी उनले अन्य विभिन्न संघ संस्थामा समेत नेत्तृत्वदायी भूमिका निभाइसकेकी छिन् । उपाध्यक्ष हुँदा अनिताले मगर संघको बिभिन्न कार्यक्रमहरुको सफलता पूर्वक संयोजन गरिसकेकी छिन् ।

तनुहुँ पुख्र्यौली घर भएकी अनिता सन् २००७ देखि सपरिवार वेलायत स्विन्डनमा बस्दै आएकी छिन् । हङकङबाट समाज सेवामा प्रवेश गरेकी उनी दुई कार्यकाल मगर संघ हङकङको सदस्य भइन् । पछि मगर महिला संघ हङकङको उपाध्यक्ष समेत भएकी थिइन् ।

यसअघि अनिता तनहुँ समाज हङकङ, आदिवासी जनजाति महिला महासंघ यूके, स्विन्डन नेपाली समाजको सहसचिव, तनहुँ समाज यूकेको साँस्कृति सचिव, पछि उपाध्यक्ष भएर संगठन नेतृत्वको लामो अनुभव लिइसकेकी छिन् ।
मगर संघ यूकेको उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदको दाबीलाई सबैले स्वभाविक र सकरात्मक रुपमा लिएका छन् ।

६ अप्रीलमा सम्पन्न हुने मगर संघ यूकेको छैंठौं अधिवेशनले नयाँ कार्यसमिती चयन गर्नेछ । मगर संघ यूकेको निर्वाचन समितीले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ । अहिलेसम्म अनिताबाहेक कसैले पनि अध्यक्षमा उमेदवारी प्रस्तुत नगरेकोले पहिलो पटक मगर संघ यूकेले महिला अध्यक्ष पाउने संभावना बलियो देखिन्छ । अनिता अध्यक्ष भए संघका लागि यो निकै राम्रो अवसर र इतिहास समेत कायम हुने धेरैको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *